• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सभापतिको भन्दा बढी मत पाए उपसभापतिमा राईले

सभापतिको भन्दा बढी मत पाए उपसभापतिमा राईले

images

प्रभाव न्यूज

१० मंसिर २०७८
  • 21.8K
    SHARES
  • images
    सभापतिको भन्दा बढी मत पाए उपसभापतिमा राईले
    images
    images
    images

    नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

    images

    अधिवेशनबाट सभापतिका उम्मेद्वार विष्णु कुमार रार्ईको प्यानल नै विजयी भएको छ।

    सभापतिका उम्मेद्वार राईले ६ सय ६९ मत प्राप्त गर्दा उनकै टिमबाट उपसभापतिमा उम्मेद्वार रहेका इवन राईले ७ सय ५३ मत पाएका छन्।

    खोटाङ प्रदेश (क) का निवर्तमान सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका मेयरसमेत रहेका राईले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका हुन्। राई जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन्।

    images

    सालिन स्वभाव, अनुशासित, कर्मठ, साना ठुला सबैलाई माया र सम्मान गर्न सक्नु नै राईको सम्पति हो। उनको स्वभावसँग सबै प्रभावति हुन्छन्। उनले प्रभाव न्यूजसँग कुरा गर्दै सबै मतदातालाई धन्यबाद दिएका छन्।

    images

    मतदाताले दिएको जिम्मेवारीलाई स्वस्फुर्त रुपमा पूरा गर्ने उनको प्रतिवद्धता छ।

    सभापतिका उम्मेद्वार विष्णु कुमार राईका प्रतिद्धन्द्धी उम्मेद्धार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई राईले ६ सय १० मत पाएका छन्।

    उपसभापतिमा तीर्थराज भट्टरार्ईले ७ सय ४२ (दोस्रो मत) मत पाएका छन्। चतुर, त्यागी र सांगठनिक नेताका रुपमा उनी स्थापित छन्।

    उप–सभापतिका अर्का उम्मेद्धार मनोज तिम्सिनाले ५ सय ४३ र राजन सैंजुले ३ सय ८४ मत पाएका छन्। यस्तै सचिवमा समिर राई र ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन।

    सचिव राईले ७ सय १३ र जोशीले ६ सय २० मत प्राप्त गर्दै जिल्ला सचिवमा निर्बाचित भएका हुन। सचिवका अर्का उम्मेद्धार राम कुमार राईले ५ सय ११ र रोजन राईले ५ सय ५३ मत पाएका छन्।

    यस्तै सह–सचिबमा साजन राई र सालिकराम बञ्जरा निर्वाचित भएका छन्। सह–सचिब राईले ६ सय २४ र बञ्जराले ५ सय ९३ मत प्राप्त गर्दै सह–सचिबमा निर्वाचित भएका हुन।

    सह–सचिवका अर्का उम्मेद्धार ध्यान बहादुर राईले ५ सय ६४ र राजकुमार राईले ५ सय ७७ मत पाएका छन्।

    जिल्ला अधिवेसनका लागि जिल्ला भरीबाट १३ सय ७३ प्रतिनिधि चुनिएकामा १३ सय २२ मत खसेको थियो।

    images
    images

    प्रकाशित :मंसिर १०, २०७८ शुक्रवार - १७:३८:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij