• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङ एमालेले पालिकामा तोक्यो यस्तो जिम्मेवारी, अन्य पार्टी छोडेर २१३७ जना एमालेमा प्रवेश

खोटाङ एमालेले पालिकामा तोक्यो यस्तो जिम्मेवारी, अन्य पार्टी छोडेर २१३७ जना एमालेमा प्रवेश

images

प्रभाव न्यूज

१४ कार्तिक २०७८
  • 11.1K
    SHARES
  • images
    खोटाङ एमालेले पालिकामा तोक्यो यस्तो जिम्मेवारी, अन्य पार्टी छोडेर २१३७ जना एमालेमा प्रवेश
    images
    images
    images

    कात्तिक १४, खोटाङ -  नेकपा एमाले खोटाङले जिल्लाका दशैवटा स्थानीय तहमा उत्प्रेरकको जिम्मेवारी तोकेको छ।

    images

    आउदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौ महाधिवेशनलाई लक्षित गर्दै जिम्मेवारी तोकिएको हो।

    कात्तिक १२ मा पुष्पलाल स्मृति भवन दिक्तेलमा वसेको जिल्ला कमिटीको सातौ सचिवालय बैठकले ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेंशी गाउँपालिकामा विणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्य, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्चबहादुर विश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दीपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा रामप्रसाद दंगाललाई उत्प्रेरकको जिम्मेवारी तोकिएको आईतबार एमालेले पत्रकार सम्मेलन गरेर जनाएको छ।

    उत्प्रेरकको जिम्मेवारी पाएकाहरुले २६ कात्तिकभित्र नविकरण गर्ने, नयाँ सदस्यता फारम भराउने र सदस्यताको रेकर्डलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने एमालेका पार्टी सचिव कुमारप्रसाद आचार्यले जानकारी दिए।

    images

    सोही पालिकाभित्रका नेताहरु, जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारी एवंम सदस्यहरु, वडा कमिटीका अध्यक्षहरु र जनवर्गीय संगठनका अगुवाहरु समेतको सक्रियतामा सबै पालिका र वडाहरुमा खटिई सदस्यता चुस्त दुरुस्त गर्ने आचार्यले बताए।

    images

    नेकपा एमाले खोटाङमा ९ हजार ६७३ जना संगठित सदस्य छन्।

    संगठित सदस्य संख्याका आधार र कोटामा गरी दशौ महाधिवेशनमा जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

    एमालेको सचिवालय वैठकले बेमौसमी अति वर्षाका कारण ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार र पानीले पाक्न लागेको धानवालीमा क्षति पुगेका कृषकहरुलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

    पार्टी कमिटीका सदस्यहरुलाई कृषिमा पुगेको क्षतिको लगत संकलन गर्न पनि भनेको छ।

    यस्तै, २० भदौदेखि ९ कार्तिकसम्म विभिन्न पार्टी परित्याग गरी २ हजार १३७ जना एमालेमा प्रवेश गरेको, १० पालिका र ७९ वडामा भव्य रुपमा अधिवेशन सम्पन्न भई सर्वसहमतले नेतृत्व चयन हुँदा पालिकामा ७५० जना र वडामा २ हजार ४४९ जना गरी एकैचोटी ३ हजार १९९ जनाले पार्टीको नयाँ जिम्मेवारी पाएको र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा ३१ सदस्यीय पुरै कमिटी महिला मात्र बन्नुलाई ऐतिहासिक र जिल्लाकै गौरव गर्न लायक पार्टी भएको एमालेले जनाएको छ।

    images
    images

    प्रकाशित :कार्तिक १४, २०७८ आइतवार - २०:५९:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij