कात्तिक १४, खोटाङ - नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङको अध्यक्ष जलशेर राई बनेका छन्।
एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बबि चाम्लिङले पार्टीको दोश्रो बैठकबाट अध्यक्षको नेतृत्व हस्तान्तरण गरेपछि राई जिल्ला अध्यक्ष बनेका हुन्।
चाम्लिङको अध्यक्षतामा १२ कार्तिकमा बसेको पूर्ण बैठकले राईलाई अध्यक्षताको जिम्मेवारी दिएको हो। जिल्ला कमिटीको उपाध्यक्षमा बम बहादुर खत्री, अकिल कुमार राई र नरेश कुमार राई, सचिवमा राजन आचार्य, उप–सचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माईतिराज राई र सुमन राई छन्। कोषाध्यक्षमा एन्टी शेर्पा रहेका छन्।
एकिकृत समाजवादीले आइतबार जिल्ला समन्वय समितीको हलमा पत्रकार भेटघाट कार्यक्रम राख्दै दोश्रो पूर्ण बैठकले नयाँ जिल्ला कमिटी निमार्ण, २३ सदस्यीय सचिवालय सदस्य र ५५ जना जिल्ला कमिटी निर्माण गरेको जानकारी दिएको छ।
यस्तै, वैठकले गाउँ तथा नगरपालिकामा इन्चार्ज र सह इन्चार्ज पनि तोकेको छ।
बराहपोखरी गाउँपालिकामा इन्चार्ज भुवल राई, सह इन्चार्ज बम दाहाल, जन्तेढुंगा गाउँपालिका इन्चार्जमा सुमन राई, सह इन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिका इन्चार्ज मिलन श्रेष्ठ, सह इन्चार्ज अर्जुन गौरापीप्ली, दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज नरेशकुमार राई, सह इन्चार्ज पेशल गुरागाँई, साकेला गाउँपालिका इन्चार्जमा फुल कुमार राई, सह इन्चार्ज शिबेन्द्र कुमार राई छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा इन्चार्ज शुभचन्द्र राई, सह इन्चार्ज शम्भु घिमिरे, हलेसी तुवाचुङ नगरपालिकामा इन्चार्ज अकील राई, सह इन्चार्ज विष्णु दाहाल, रावाबेशी गाउँपालिकामा इन्चार्ज इश्वर श्रेष्ठ र पछि राख्ने गरी सह, इन्चार्ज खाली राखिएको छ।
ऐसेलुखर्क गाउँपालिका इन्चार्ज कृष्ण श्रेष्ठ, सह इन्चार्ज पर्शु राई तथा केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माईतिराज राई र सह इन्चार्ज पवन श्रेष्ठलाई तोकिएको छ। पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको छ।
अर्थ तथा योजना विभाग, उधोग तथा वाणिज्य, प्रचार तथा प्रकाशन, स्कुल विभाग, यूव तथा खेलकुद, शिक्ष तथा मानव श्रोत विकास, सहकारी विभाग, साहित्य कला तथा जनसांस्कृतिक विभाग, स्थानीय विभाग, विज्ञान तथा प्रविधि विभाग, न्याय कानुन तथा मानव अधिकार विभाग, निर्वाचन विभाग, वन तथा वातावरण विभाग, कृषि तथा भुमि सुधार विभाग, भौतिक पुर्वाधार तथा जनसंख्या विभाग, महिला विभाग, संगठन विभाग, मोर्चा संगठन विभाग र मजदुर विभागको प्रमुख उपप्रमुख तोकेको हो।
यस्तै, प्रदेश नं. १ को प्रदेश कमिटीमा उदय बहादुर राई, तारानाथ दाहाल, बम खत्री, अकील राई, कुमार राई, विष्णु दाहाल, लवकुमार राई, अम्विका राई र मिलन श्रेष्ठ रहेको जानकारी दिइएको छ।
पार्टीले तिहारपछि संगठन निर्माण, गाउँपालिका स्तरीय पार्टी कार्यालय स्थापना लगायतको काम गर्ने बताएको छ।