कात्तिक १४, खोटाङ - राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको अध्यक्षमा ललित कुमार राई (जीवन) सर्वसहमत चयन भएका छन्।
पार्टी एकतापछि शनिवार भएको पहिलो जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन्। राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्य समिती निर्माण भएको छ।
अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ। दुवै क्षेत्रमा ७७÷७७ सदस्यीय समिती हुनेछ। यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएकी छन्।
नगरपालिकामा ९५ सदस्यीय समिती बनाइने जनाइएको छ। क्षेत्रको अन्य पदाधिकारीहरु क्षेत्रले र नगरको अन्य पदाधिकरीहरु नगरले छान्ने राप्रपाका कार्य सम्पादन समिति सदस्य रविन चाम्लिङले बताए।
अधिवेशन अघि राप्रपाले दिक्तेलबजारमा ¥याली निकालेको थियो।