• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्यारागन सहकारीको कारोबार २ करोड ४३ लाख

प्यारागन सहकारीको कारोबार २ करोड ४३ लाख

images

प्रभाव न्यूज

१४ कार्तिक २०७८
  • 10.6K
    SHARES
  • images
    प्यारागन सहकारीको कारोबार २ करोड ४३ लाख
    images
    images
    images

    कात्तिक १४, खोटाङ -  खोटाङको दिक्तेलमा सञ्चालित प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा दुई करोड ४३ लाख बढिको आर्थिक कारोबार गरेको छ।

    images

    बचत गर्ने बानीको बिकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि २०६६ सालमा स्थापना गरिएको बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७-०७८ मा २ करोड ४३ लाख १७ हजार ८६ रुपैयाँ बराबरको आर्थिक कारोवार गरेको हो।

    प्यारागन बचत तथा ऋण सहकारी संस्थाको पुरानो बेसक्याम्पस्थित कार्यालयमा शनिबार आयोजित वार्षिक दोश्रो साधारणसभामा गत आर्थिक वर्ष ९१ लाख ५६ हजार ७०० रुपैयाँ ऋण लगानी गर्दा ३ लाख ७५ हजार ८५७ रुपैयाँ कुल नाफा आर्जन भएको जानकारी दिइएको छ।

    निक्षेप डिपोजिट र कर्जा वचततर्फ १ करोड ५१ लाख ६० हजार ३८६ रुपैयाँ आम्दानी भएको, ऋण लगानीबाट ९ लाख ८१ हजार २ रुपैयाँ व्याज आम्दानी भएको, बचतमा व्याज १ लाख ५२ हजार १७९ रुपैयाँ प्राप्त भएको सहकारीका लेखापाल मंगला खड्काले जानकारी दिएकी छन्।

    images

    कुल शेयर पुँजी ५३ लाख ४० हजार रहेको सहकारीको बैंक मौज्दात रकम १ लाख ६८ हजार ७२५ रुपैयाँ रहेको जनाइएको छ । सहकारीको फिर्ता हुन बाँकी रकम ४० लाख ६१ हजार ४३४ रुपैयाँ, उठ्न बाँकी कर्जा रकम ६९ लाख ६५ हजार ४५७ रुपैयाँ, हर्जना र सेवा शुल्क १ लाख ८३ हजार १२० रुपैयाँ, वचत फिर्ता ८४ हजार ११६ रुपैयाँ रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ।

    images

    सहकारीको घर भाडामा १ लाख ५६ हजार, तलव भत्तामा ३ लाख २० हजार ६००, मेसिनरी औजारमा २ लाख ४७ हजार ४६०, स्टेशनरी तथा मसलन्द खर्चतर्फ २२ हजार ३५०, लेखा परिक्षण तथा कर चुक्तामा ८९ हजार ७५१, टेलिफोन तथा वाइफाईमा २६ हजार ४९५ रुपैयाँ खर्च भएको छ। हाल विशेष शेयर सदस्य ५१ जना र साधारण शेयर सदस्य ३५१ जना रहेको सहकारीले कोभिड–१९ को महामारीका बिचमा पनि सन्तोषजनक कारोबार गरेको जनाएको छ ।

    चालु आर्थिक वर्षदेखि आफ्नै चेक तथा रेमिट सेवा थप गर्ने लक्ष्य राखिएको प्यारागन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राईले बताए। सहकारीको साधारणसभा हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले प्रमुख अतिथिका रुपमा उद्घाटन गरेकी थिईन् ।

    कार्यक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिकाकी उपाध्यक्ष सपना राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्य, नेपाल शिक्षक संघका अध्यक्ष शिवहरी ढकाल, सहकारीका उपाध्यक्ष एबं कर्जा उपसमितिका संयोजक नइन्द्र राई लगायतले शुभकामना मन्तव्य बोलेका थिए।

    २०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्ष दिनसम्म सञ्चालन गरेपछि निष्क्रिया रहेको प्यारागन सहकारी संस्थालाई पुःन २०७६ सालदेखि सञ्चालनमा ल्याइएको हो।

    images
    images

    प्रकाशित :कार्तिक १४, २०७८ आइतवार - १५:३८:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij