• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङका यी वडामा एमालेको अधिवेशन सकियो, बाँकी रहेकाको कहिले ?

खोटाङका यी वडामा एमालेको अधिवेशन सकियो, बाँकी रहेकाको कहिले ?

images

प्रभाव न्यूज

६ कार्तिक २०७८
  • 14.3K
    SHARES
  • images
    खोटाङका यी वडामा एमालेको अधिवेशन सकियो, बाँकी रहेकाको कहिले ?
    images
    images
    images

    कात्तिक ६ खोटाङ -  खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिबेसन टुंगिएको छ।

    images

    दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढि वडामा सर्वसहमतीमा नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए।

    साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिबेसन आइतबारसम्मका लागि स्थगित गरिएको छ। उद्घाटन लगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए।

    यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेशन भने स्थगित भएको छ।

    images

    ‘प्राविधिक कारणवस’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिवेशन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए। बाँकी वडाको अधिवेशन भने शनिबार राती अबेरसम्ममा सकिने एमालेले जनाएको छ।

    images

    आसन्न १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेको वडा अधिबेसनबाट २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन्।

    प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन्। वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन्।

    आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ। एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ।

    images
    images

    प्रकाशित :कार्तिक ६, २०७८ शनिवार - २०:३०:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij