• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


केपी ओलीले एक हप्तामै सरकार ढाल्छु भनेपछि .....

केपी ओलीले एक हप्तामै सरकार ढाल्छु भनेपछि .....

images

प्रभाव न्यूज

३ कार्तिक २०७८
  • 24.3K
    SHARES
  • images
    केपी ओलीले एक हप्तामै सरकार ढाल्छु भनेपछि .....
    images
    images
    images

    कात्तिक ३, काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्।

    images

    प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीले तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे।

    बुधबार काठमाडौंमा आयोजित एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, “अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौँ, एक हप्ताभित्र यो सरकार जान्छ।

    एमालेले ढाल्दिउँ भन्ने हो भने। यस्तै–यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौँ । लोभीपापीहरू छन् दिए भइगो नि। ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र १ दिए सिद्धिने कुरा छ त्यहाँ। अरूले भन्दा हामी दिन सक्छौँ नि। अरूले पाँच विलो लगाउनुपर्छ। हामीलाई त के छ र सिंगै आफू हो। प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै।

    images

    हामी त त्यो गर्न सक्छाँ नि । अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधव ९नेपाल०लाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस त ४० प्रतिशत। सक्दैन। तर, हाम्रो अभिष्टचाँहिँ सरकार बनाउने होइन।

    images

    हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौँ । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौँ।” अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए ।

    उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।

    images
    images

    प्रकाशित :कार्तिक ३, २०७८ बुधवार - १७:१८:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij