• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


काठमाडौं बन्यो गगन थापाको किल्ला

काठमाडौं बन्यो गगन थापाको किल्ला

images

प्रभाव न्यूज

१७ आश्विन २०७८
  • 21.5K
    SHARES
  • images
    काठमाडौं बन्यो गगन थापाको किल्ला
    images
    images
    images

    असोज १७,काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी घोषणा गरेका युवा नेता गगनकुमार थापाले काठमाडौंमा आफ्नो प्रभाव देखाएका छन।

    images

    विभिन्न पालिकाको अधिवेशनको नतिजाबाट चर्चित युवा नेता गगनको प्रभाव देखिँदा देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंमा गगनको मजबुत प्रभाव देखिएको छ।

    काठमाडौं महानगरपालिकाको अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा गगन समर्थित प्यानलका उम्मेदवार निलकाजी शाक्य फराकिलो मतान्तरले विजयी भएका छन ।

    महानगरको चुनावमा मतदान गरेका प्रतिनिधिले नै महाधिवेशन प्रतिनिधि चयनको चुनावमा समेत मतदान गर्ने भएकाले काठमाडौंबाट गगन पक्षबाट महाधिवेशन प्रतिनिधि धेरै निर्वाचित हुने देखिन्छ।

    images

    g.jpgकाठमाडौं महानगरको मतपरिणाम अनुसार सभापति पदमा निलकाजी शाक्यले ७८६ मत ल्याएका छन भने उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत मात्रै ल्याएका निर्वाचन समितिले जनाएको छ।

    images

    युवामाझ लोकप्रिय र रुचाइएका नेता गगन थापाले पार्टीका आन्तरिक चुनावमा समेत प्रभाव देखाएका छन। काठमाडौंमा सभापति शाक्यका प्रतिस्पर्धी प्रगतिमान रन्जितले आधाभन्दा कम मत मात्रै पाएका छन् ।

    कार्यसमितिको उपसभापतिमा शाक्य प्यानलकै सुशिला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने विजयी भएका छन।

    काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको जनाइएको छ । यसअघि काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा समेत गगन थापाकै पक्षका उम्मेदवारले सभापतिमा जितेका थिए ।

    काठमाडौंका अन्य पालिकामा समेत थापा पक्षका उम्मेदवारले जितेका छन् ।

    images
    images

    प्रकाशित :आश्विन १७, २०७८ आइतवार - २१:५१:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij