असोज १२, खोटाङ - लामो समयदेखी अवरुद्ध रहेको खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित हुमापोखरीमा रहेको नेपाल टेलीकमको टावरमा संचालनमा आएको छ।
जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुमापोखरीमा रहेको टावरमा विद्युत आपुर्ती नहुँदा फोन सेवामा खरावी आएको थियो।
विद्युत नभएको समयका लागि राखिएको सोलारले समेत काम गर्न छाडेकाले फोनमा समस्या निम्तिएको थियो। टेलीकम टावरमा विस्तार गरिएको विद्युतको ट्रान्सफर्मर बिग्रिएकाले समस्या आएको बताइएको थियो।
टेलीकमले विराटनगरबाट नयाँ ट्रान्सफर्मर ल्याएर जडान गरेपछि फोरजी नेटवर्क भएको सो टावर संचालनमा आएको हो। टावर संचालनमा आएसँगै सेवाग्राहीलाई सहज भएको छ।
यो पनि :