• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस अधिवेशन - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन आज

कांग्रेस अधिवेशन - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन आज

images

प्रभाव न्यूज

१० आश्विन २०७८
  • 13.2K
    SHARES
  • images
    कांग्रेस अधिवेशन - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन आज
    images
    images
    images

    असोज, १०, काठमाडौं -  नेपाली कांग्रेसको नगर-गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १० पालिकामध्ये चारमा सर्वसम्मत, पाँचमा निर्वाचन मार्फत नेतृत्व चयन भएका छन् भने एक पालिकामा निर्वाचन स्थगन भएको छ।

    images

    ऐसेलुखर्कमा सन्तवीर तामाङ, बराहपोखरीमा दीपक राई (खिलाराज), साकेलामा विजय गुरुङ र रावाबेँसी गाउँपालिकामा फटिककुमार श्रेष्ठ सर्वसम्मत सभापति पदमा चयन भएका कांग्रेस जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले बताए।

    ती चार स्थानीय तहमा सहमतिमै नेतृत्व चयन गरिएको उनले जानकारी दिए। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।

    दिक्तेल रुपाकोट मझुवागढीमा प्रकाश श्रेष्ठ, हलेसी तुवाचुङमा चक्रकुमार राई, केपिलासगढीमा हेमन्त राई, जन्तेढुङ्गामा बाजिन्द्र विष्ट र खोटेहाङमा प्रेम थापा सभापतिमा निर्वाचित भएका छन्।

    images

    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अधिवेशन भने विवादका कारण एक दिनपछि सारिएको जनाइएको छ। वडा नं १ याम्खाको वडा अधिवेशनको विषयलाई लिएर विवाद भएपछि शनिबारका लागि तय गरिएको गाउँपालिका अधिवेशन आज हुन लागेको हो।

    images

    images
    images

    प्रकाशित :आश्विन १०, २०७८ आइतवार - १०:०८:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij