नेपाली कांग्रेस खोटाङको दोश्रो नगर अधिबेशन ९ असोजमा हुंदैछ। नयाँ तथा परीपक्क नेतृत्व छनोट गर्ने सबैभन्दा शसक्क्त माध्यम नै अधिबेशन हो। यहि अधिबेशनबाट कांग्रेसले नेतृत्वमा नयाँ अनुहारहरु फेर्नेछ।
जिल्लाका दुई नगरपालिकामध्ये हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस नगर सभापतिमा युवा नेता तथा मंगलटारका हालको वडाध्यक्ष रमेशकुमार राउतले यसअघि नै सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन्। आसन्न नगर अधिबेशनलाई लिएर सभापतिका उम्मेद्वारी दिने घोषणा गरेका राउतसँग गरिएको कुराकानीको एक अंश :
नगर सभापतिको उम्मेद्वारी घोषणा गर्नुभएको छ। तयारी चाँहि कस्तो छ ?
सभापतिमा उम्मेद्वारी घोषणा गर्नुअघि पनि म, जनप्रतिनिधि भएको कारणले विभिन्न काम र जिम्मेवारीका क्रममा नगरवासी जनता र पार्टी पंक्तिसंगै थिए। र, अहिले पनि छु।
तथापि पार्टीको थप जिम्मेवारीको एक आकाङक्षी भएका कारण अधिबेशन केन्द्रीत भएर प्रत्येक वडा पार्टी नेतृत्व र क्षेत्रिय प्रतिनिधिसँग प्रत्यक्ष भेट र फोनमार्फत आफ्नो उम्मेद्वारीको अपरिहार्यता पुष्टि गर्दै नेतृत्व निर्माणको अभियान सुरु गरेको छु।
तपाई कुन टिमबाट सभापतिको उम्मेदवारी दिनुहुने हो ?
मुलतः पार्टीको स्थानीय अंग वडा र पालिका तहसम्मलाई निश्चित टिम र गुटमा संलग्न गर्नुहुन्न भन्ने मेरो मान्यता छ। तथापि यस कुराबाट यो नगरपालिका अछुतो रहन सकेन। अग्रज नेताहरुकै संलग्नतामा नगर नेतृत्वका लागि गुटगत भेला गरेर उम्मेद्वारी घोषणा गर्ने काम भए पश्चात हामीले बाध्य भएर पदाधिकारी समुह बनाई उम्मेदवारी घोषणा गरेका हौ।
तर, म के स्पष्ट पार्छु भने स्वभाबिक रुपमा हाम्रो कार्यशैली, नेतृत्व क्षमता, गतिशिलता हेरेर कतिपय अग्रज नेताले सुभेक्षा राख्नु भए पनि हामीले यो वा त्यो अमुक ब्यक्ति र समुह केन्द्रीत भन्दा पनि सिङ्गो नगर कांग्रेस जनको अन्तर हृदयको आवाज बोल्ने समुहबाट उम्मेद्वारी दिने हो भन्ने लाग्छ।
क्षेत्रीय प्रतिनिधि कहाँ जानु भा होला, तपाईप्रती कस्तो छ क्रेज ?
विधार्थी कालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय लोकतान्त्रिक आन्दोलनको एउटा सिपाही हुं म। जो अहिले आम जनताको प्यारो मतबाट निर्वाचित भई उहाँहरुको सेवामा समर्पित छु।
र, सँगै आउने दिनमा पार्टीकोे महत्वपूर्ण भुमिकामा रहेर काम गर्ने इच्छा जाहेर गरेकामा क्षेत्रीय प्रतिनिधि, वडा नेतृत्वसँगै आम शुभचिन्तक, कांग्रेसजन हरेकसँगको भेटमा मैले ज्यादै खुशी, हौसला र प्रेरणा पाएको छु।
नगर सभापति जित्नुहुन्छ ? जित्ने कारणहरु के के हुन् ?
हो म जित्छु, हामी पक्कै जित्छौ, हामीले जित्नुपर्ने केही कारणहरु छन्। जनजनको आस्था र बिश्वासको धरोहर कांग्रेसमा पछिल्लो समयमा आएको मूल्य, बिचार, निष्ठा र इमान्दारिताको संकटलाई अन्त्य गर्नु, जरा तहदेखि नै असल राजनीतिक संस्कार तथा संस्कृतिको बिकासगरी युवा पुस्ताको पार्टीमा आर्कषण बढाई भोलिका दिनमा फेरि नेपाली जनताको बिश्वास र भरोशाको कांग्रेस केन्द्र बनाउन एवंम् पुस्ता, प्रबिधी र पार्टीलाई जोडि समय सापेक्षित कांग्रेस र समय सापेक्षित समाज निर्माणमा योगदान पुर्याउनमा मैले जित्छु भन्ने लाग्छ र, हामी जित्छौ।
क्षेत्रीय प्रतिनिधिहरुलाई के भन्नू हुन्छ ?
अहिलेको अवस्थामा जनताको माझमा शसक्त स्वाभिमानी र हरेक चुनौती सामना गर्न सक्ने नेतृत्वको आवश्यकता छ। चुनावको हारजित मात्र हैन जनताको बिकास र परिबर्तन प्रतीको चाहनालाई बिजय गराउन सक्ने नेता र नेतृत्वको आवश्यकता महशुस गरेर नेतृत्व छनौट गर्न÷गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिमा आग्रह गर्दछु।