• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेस दिक्तेल नगर सभापतिका उम्मेद्वार प्रकाश श्रेष्ठ को हुन? यस कारण रुचाउँछन् सबैले ....

कांग्रेस दिक्तेल नगर सभापतिका उम्मेद्वार प्रकाश श्रेष्ठ को हुन? यस कारण रुचाउँछन् सबैले ....

images

प्रभाव न्यूज

२४ भाद्र २०७८
  • 24.0K
    SHARES
  • images
    कांग्रेस दिक्तेल नगर सभापतिका उम्मेद्वार प्रकाश श्रेष्ठ को हुन? यस कारण रुचाउँछन् सबैले ....
    images
    images
    images

    नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य प्रकाश श्रेष्ठ दिक्तेलका स्थानीय वासिन्दा हुन् । २०३० साल कार्तिक १५ गते दिक्तेलमा जन्मिएका श्रेष्ठले प्रारम्भिक शिक्षा सरस्वती मावि दिक्तेलबाट सुरुवात गरे ।

    images

    सरस्वती मावि दिक्तेलबाट २०४७ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेर दिक्तेल बहुमुखी क्याम्पसवाट उच्च शिक्षा हाँसिल गरेका श्रेष्ठले २०४८ सालमा नेविसंघको तर्फवाट दिक्तेल बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदका लागि चुनाव लडे । २०४७ सालमा सरस्वती मावि दिक्तेलबाट नेविसंघको तदर्थ समिति उपसभापतिबाट राजनीति यात्रा सुरुवात गरेका श्रेष्ठ नेविसंघको तर्फवाट स्ववियु चुनाव लडेपछि २०४९ सालवाट नेविसंघको जिल्ला कार्य समिति सदस्य पदमा बसेर राजनीतिक यात्रालाई निरन्तरता दिए ।

    नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति विष्णुकुमार राई र वर्तमान पार्टी सभापति नरेश श्रेष्ठको कार्यकालमा पनि जिल्ला कार्य समिति सदस्य पदमा रहेर राजनीति गरिरहेका उनी हाल कांग्रेसको अनुशासन विभाग प्रमुख छन् ।

    वडा सदस्य बनेपछि जनताकै काममा व्यस्त

    images

    मुलुकमा संघीय संरचना लागू भएपछि पहिलो पटक भएको स्थानीय निर्वाचनमा श्रेष्ठले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वडा सदस्यको पद जिते ।

    images

    ९७९ मत ल्याएर वडा सदस्य पद जितेका उनले जिल्ला समन्वय समिति प्रमुखको लागि उम्मेद्वारी दिए । जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङका प्रतिद्धन्दी श्रेष्ठले जनताको काम आफ्नो ज्यान बाजी राखेर गरे-गरिरहे ।

    दोश्रो लहरको कोरोना संक्रमणमा आफैलाई जोखिम मोलेर विरामीको उद्धार तथा स्वास्थ्य सामग्री वितरण गरेपछि उनले सबैको मन जिते । जिल्लाका सञ्चारमाध्यमले उनलाई उच्च स्थान दियो । कोरोनाका कारण विरामी परेका विरामीलाई मोटरसाइकलमा राखेर र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गाडीमा राखेर अस्पताल लैजान ल्याउमा उनी फ्रण्ट लाइनमा देखिए ।

    यतिसम्म कि कोरोनावाट निधन भएकाको शव वोक्ने, दागबत्ती दिनेमा उनै श्रेष्ठ खटे । संकास्पद तथा विरामीको घरघरमा स्वास्थ्य सामग्री लिएर पुगे, स्वास्थ्य स्थिति बुझे ।

    यसकारण नगर सभापतिको उम्मेद्वारी

    दिक्तेल नगरभित्र नेपाली कांग्रेसमा आस्था राख्ने सम्पूर्ण नेता कार्यकर्तालाई गोलबद्ध बनाउनका लागि आफूले नगर सभापतिका उम्मेद्वारी घोषणा गरेको श्रेष्ठको भनाई छ ।

    उनले बुधबार पार्टी सभापति नरेश श्रेष्ठको उपस्थितिमा नगर सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । सहमति र सहकार्यमा पार्टीलाई अगाडी बढाउन र नगरभित्रका जनतासँग विकास निर्माणका काममा सहकार्य गरेर अघि बढ्नमा आफ्नो उम्मेद्वारी भएको श्रेष्ठ बताउँछन् ।

    आफूले नगर सभापति जितेमा नगरका मेयरसँग विकास निर्माण लगायतका समसामयिक विषयमा छलफल राख्ने, प्रहरी, सिडिओसँग सहकार्य गर्ने उनले बताए ।

    प्रत्येक वडा कार्य समितिको वैठक नियमित सञ्चालन गरी संगठनलाई मजवुत बनाउन, १५ वडाका कार्य समितिलाई समय–समयमा प्रशिक्षण कार्यक्रम गराउन, नगरपालिकाभित्र भ्रष्टाचार, बेतिथि, अनियमित्ताको विरोध गर्न, राम्रो कामको कदर गर्न, नगरभित्रको सम्पूर्ण विकासमा सत्ता पक्षसँग राम्रो कामहरुमा संलग्नताका लागि नगर सभापतिमा आफ्नो उम्मेद्वारी भएको श्रेष्ठले बताए ।

    दर्जनौ संघसंस्थाको अनुभव

    दिक्तेल नगर सभापतिका उम्मेद्वार श्रेष्ठले दर्जनौ संघसंस्थामा काम गरेका छन् । अनुभव बटुलेका छन् । खोटाङ उधोग वाणिज्य संघको सह–सचिव हुंदै उपाध्यक्षको कार्यानुभव बटुलेका उनी सरस्वती मावि र पञ्च माविको विद्यालय व्यवस्थापन सदस्य, माउण्ट एभरेष्ट बोर्डिङका व्यवस्थापक लगायतका दर्जनौ संघसंस्थामा संलग्न भएको र अनुभव भएको श्रेष्ठ सुनाउँछन् ।

    images
    images

    प्रकाशित :भाद्र २४, २०७८ बिहिवार - १८:१५:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij