खोटाङ – सत्तारुढ नेकपाको केपी शर्मा ओली समूहले खोटाङमा रामप्रसाद दंगाललाई जिल्ला अध्यक्ष बनाएको छ। तेश्रो पुर्ण बैठकले दंगाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको जनाइएको छ।
पर्टी एक हुँदा दंगाल सचिव थिए। खोटाङमा माओवादी समूहले अध्यक्ष पाएपछि एमालेबाट दंगाल सचिव भएका थिए। तर नेकपा विभाजनसँगै ओली समूहले दंगाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। विगतमा माधव नेपाल निकट मानिने दंगालले त्यसलाई अस्वीकार गरेका थिए।
तर पछि केन्द्रीय नेतृत्वले उनलाई काठमाडौं झिकाएर छलफल गरेपछि दंगाल ओली समूहमा प्रस्ट खुलेका थिए। उनी अध्यक्ष बनेसँगै पूर्व एमाले समूह जिल्लामा थप बलियो बन्ने आकलन गरिएको छ।
यो समूह जिल्लामा संगठन विस्तारमा आक्रमक बनेको छ।