• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भीम रावललाई डरलाग्दो दवाव आएपछि...

भीम रावललाई डरलाग्दो दवाव आएपछि...

images

प्रभाव न्यूज

६ भाद्र २०७८
  • 35.6K
    SHARES
  • images
    भीम रावललाई डरलाग्दो दवाव आएपछि...
    images
    images
    images

    भदौ ६, काठमाडौं -  प्रदेश स्तरका नेताहरूले नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई माधव नेपाल पक्षमै लाग्न दबाब दिएका छन्।

    images

    उनीहरूले नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्न रावललाई दबाब दिएका हुन्। काठमाडौं आएका सुदूरपश्चिम प्रदेशका सांसद तथा नेताहरूले रावलसँग आइतबार भेट गर्दै सो पार्टीमा लाग्न दबाब दिएका हुन्।

    प्रदेशसभामा रावल निकट रहेका १७ जना सांसदमध्ये तीन जना मात्रै नेपाल पक्षमा प्रष्टसँग खुलेर लागेका छन्। अहिलेसम्म सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र माया भट्टले नेपाल पक्षमा रहेको स्पष्ट पारेका छन्।

    रावलकै पक्षधरताको पर्खाइमा रहेका बाँकी १४ जना नेताले उनलाई नेपालको पार्टीमा लाग्न आइतबारको भेटमा पनि आग्रह गरेका छन्। नेताहरू गरिमा शाह, तारा तामाङ, उर्बादत्त पन्तलगायतले आइतबार रावलसँग भेट गर्दै यस्तो आग्रह गरेका हुन्।

    images

    तर रावलले आफ्नो पक्षधरताबारे स्पष्ट जवाफ नदिएको सहभागी एक नेताले बताए। ‘हामीले भीम कमरेडलाई माधव कमरेडसँगै अघि बढ्न आग्रह गर्यौं। उहाँले एकताका लागि १० बुँदे सहमति गरे पनि त्यसलाई माधव कमरेडले स्वामित्व नदिएको र अध्यक्ष ओलीले कार्यान्वयन नगरेको गुनासो गरेका गर्नुभयो,’ ती नेताले भने, ‘उहाँले अझै पनि कता लाग्ने स्पष्ट पार्नुभएको छैन।’

    images

    आइतबार सिंहदरबारमा प्रदेशस्तरका नेताहरूसँग भएको भेटपछि रावलले नेपाल पक्षमा रहँदै आए पनि पार्टी विभाजनको पक्षमा हस्ताक्षर नगरेका सांसदहरूसँग छलफल गरेका थिए।

    एमाले विभाजनपछि नेपालले प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोगले ९ भदौमा बोलाएको छ। तर तत्कालीन नेकपाबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिदा नेपालपक्षमा रहेका सांसद तथा नेताहरू अहिले संस्थापन र नेपालपक्षमै स्पष्ट खुल्न सकेका छैनन्।

    आफ्नो पक्षधरता स्पष्ट नभएका कारण ९ भदौमा ती नेताहरू आयोग जान्छन् या जाँदैनन् अन्योलता देखिएको छ।

    images
    images

    प्रकाशित :भाद्र ६, २०७८ आइतवार - २०:१७:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij