• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


करोडौं बेरुजुको भुमरीमा खोटाङका स्थानीय तह, यस्तो छ विवरण

करोडौं बेरुजुको भुमरीमा खोटाङका स्थानीय तह, यस्तो छ विवरण

images

प्रभाव न्यूज

५ भाद्र २०७८
  • 17.2K
    SHARES
  • images
    करोडौं बेरुजुको भुमरीमा खोटाङका स्थानीय तह, यस्तो छ विवरण
    images
    images
    images

    भदौ ५, खोटाङ - खोटाङका स्थानीय तह बेरुजुले थलिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन २०७८ का अनुशार जिल्लाका १० स्थानीय तह बेरुजुले थलिएको पाइएको हो।

    images

    mahalekha.jpg

    महालेखाका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ऐसेलुखर्क गाउँपालिकाको बेरुजु ३ करोड ५७ लाख ४२ हजार, केपिलासगढी गाउँपालिकाको बेरुजु ६ करोड ३५ लाख ६४ हजार, खोटेहाङ गाउँपालिकाको बेरजु ३ करोड २ लाख ३ हजार, जन्तेढुंगा गाउँपालिकाको बेरुजु ७ करोड ८८ लाख ५८ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बेरुजु ३ करोड ४५ लाख ६५ हजार उल्लेख छ ।

    यस्तै, बराहपोखरी गाउँपालिकाको बेरुजु ४ करोड १० लाख ९ हजार, रावाबेँसी गाउँपालिकाको बेरुजु १ करोड ७८ लाख ५४ हजार, साकेला गाउँपालिकाको बेरुजु ४ करोड १३ लाख ३८ हजार, हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु ४ करोड २९ लाख ९२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बेरुजु २ करोड ९३ लाख ५३ हजार उल्लेख छ।

    images

     

    images

    images
    images

    प्रकाशित :भाद्र ५, २०७८ शनिवार - २१:१०:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij