• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा सांसद विशाल भट्टराईले गर्न नसकेको काम कांग्रेसका नेताले गरेर देखाइदिए !

खोटाङमा सांसद विशाल भट्टराईले गर्न नसकेको काम कांग्रेसका नेताले गरेर देखाइदिए !

images

प्रभाव न्यूज

२ भाद्र २०७८
  • 90.0K
    SHARES
  • images
    खोटाङमा सांसद विशाल भट्टराईले गर्न नसकेको काम कांग्रेसका नेताले गरेर देखाइदिए !
    images
    images
    images

    भदौ २, खोटाङ - २०७० सालदेखी निरन्तर जिल्लाको संसद पदमा निर्वाचित भएका तथा २०७४ सालमा भएको संघीय सांसदको निर्वाचनमा विजय हाँसिल गर्दै प्रतिनिधि सभाका सांसद बनेका, एमालेका प्रमुख सचेतक समेत बनिसकेका विशाल भट्टराईले गर्न नसकेको काम कांग्रेसका नेताहरुले गरेर देखाइदिएका छन्।

    images

    पदमा हुँदा भट्टराईले जिल्लाका गौरवका योजना निर्माणमा पहल तथा चासो नदेखाएका कारण कांग्रेस नेताहरुले कांग्रेसको सरकार आउनासाथ काम गरेर देखाइदिएका हुन्।

    दुई तिहाँइको कम्युनिष्ट सरकार हुँदा वा एमालेमा एक चर्चित नेताका रुपमा स्थापित रहेका भट्टराईले आफ्नै क्षेत्रको विकास निर्माणमा कुनै काम नगरेको र साना तिना गोष्ठि भेलामा मात्र लागी परेकोले जनताले विकासको स्वास फेर्न नपाएको भन्दै पूर्वराज्य मन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, भुवन श्रेष्ठलगायतका दुई दर्जन बढी नेताहरु कांग्रेस सरकारको ढोका घच्घच्याउन गत साउन २१ गते प्रधानमन्त्री कार्यालयमा पुगेका थिए।

    दक्षिणी क्षेत्र पुर्वी शहरसँग भौगोलिकरुपमा नजिक रहेपनि सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सिंचाई जस्ता विकासका अत्यावश्यक पूर्वाधारबाट बञ्चित रहेको भन्दै कांग्रेसका नेताहरुले सरकारलाई झक्झक्याएका थिए।

    images

    जिल्लामा प्रदेश (क) का अधिंकास वडाहरुमा विजुली वत्ती पुगेको, मध्यपहाडी लोकमार्गको हाइवे सडक रहेको, सवै वडाहरुमा बाह्रै महिना सडक सञ्चालनमा रहेको, स्वास्थ्य शिक्षाको राम्रो प्रवन्ध रहेको, तर प्रदेश (ख) का वडाहरु अझैपनि अन्धकार रहेको, सो क्षेत्रमा अहिलेसम्म कालोपत्रेले पाइला नहालेको, सबै सडक कच्ची रहेको, पुल पुलेसाहरु अहिलेसम्म काठका रहेका, स्वास्थ्य शिक्षा, खानेपानी, सञ्चारको अवस्था दयनीय रहेको भन्दै कांग्रेस नेताहरु कम्बर कसेर सरकारसँग पुगेका थिए। 

    images

    प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्राललाई उक्त मागपत्रका आधारमा आवश्यक कार्यार्थ गर्न हुन भन्दै निर्देशन दिएको छ।

    योजना परेर पनि काम नभइ अलपत्र अवस्थामा रहेको सुनकोशी नदीस्थित धाप्लाङ्गघाट, वंसिलाघाटको पक्की पुल, सावाखोलाको पक्कि पुल निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्न गराउन तथा आवश्यक कामकारवाहीको माग गरेका थिए। यस्तै, वसिलाघाट– बुवाँजरघाट– सिक्किमटार– फेदि – देविस्थान – चिसापानी सडक, वंसिला–मौवाबोटे–जन्तेढुङ्गा–चिसापानी थामखर्क सडक, रसुवाघाट–सिम्पानी–मुलडाँडाँ–(भोजपूर)–पान्धारे सडक, धाप्लाङ्गघाट–सुन्तले–सिन्ताङ–चिसापानी–भञ्ज्याङ्गखर्क सडक, रसुवाघाट–बारापोखरी–सिन्ताङ–बुवाँजरघाट सडक वोपुङ्ग–सिक्किमटार–बुँवाजर–वंसिला– सडक, वोपुङ्ग – काउले सडक, रेग्मीटार –पंचमी छितापोखरी धिप्लुङ्ग सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन समेत नेताहरुले सरकारसँग माग गरेका थिए।

    प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्राललाई उक्त मागपत्रका आधारमा आवश्यक कार्यार्थ गर्न हुन भन्दै निर्देशन दिएको छ।

    पूर्वमन्त्री तथा कांग्रेस खोटाङका नेता सर्वधन राईलाईसमेत बोद्धार्थ हुनेगरि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका शाखा अधिकृत कुल प्रसाद भट्टराईको हस्ताक्षरमा पक्की पुल निर्माण तथा सडक स्तरोन्नती गर्न भनि निर्देशन गरिएको छ।

    दक्षिणी क्षेत्रको खोटेहाङ गाउँपालिका घर भएका सांसद भट्टराईले त्यहि क्षेत्रको विकासमा चासो नदेखाएका कारण त्यहाँका जनतालाई विकासमा जोड्नका लागि आफूहरु लागिपरेको पूर्वमन्त्री सर्वधन राईले जानकारी दिए।

    यो पनि 

    3.jpg

    1.jpg

    2.jpg

    यो पनि 

    खोटाङको विकासमा कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

    images
    images

    प्रकाशित :भाद्र २, २०७८ बुधवार - १०:४४:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij