• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा धान रोप्ने चटारो अझै

खोटाङमा धान रोप्ने चटारो अझै

images

प्रभाव न्यूज

१२ श्रावण २०७८
  • 19.1K
    SHARES
  • images
    खोटाङमा धान रोप्ने चटारो अझै
    images
    images
    images

    साउन १२, काठमाडौं - दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा ९५ प्रतिशत रोपाइँ सकिएको छ।

    images

    १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदै आएकामा अहिलेसम्म १२ हजार २९३ हेक्टरमा रोपाइँ सकिएको हो। यस वर्ष बेलादेखि पर्याप्त वर्षा भएका कारण तिव्र गतिमा रोपाई भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए।

    लेकाली क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका अलि उच्च भू-भागमा रोपाई सम्पन्न भइसकेको छ। जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका पालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाई भइरहेको कृषि प्रसार अधिकृत पण्डितले बताए।

    कोभिड-१९ को महामारीका बिचमा पनि किसानलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याइ-नभ्याइ छ। जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ।

    images

    सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाई हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाई हुने गरेको छ ।

    images

    सिञ्चित खेतमा जुनसुकै समयमा रोपाई गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाई हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन् ।

    जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका प्रजातीका धान रोप्ने गरिन्छ ।

    images
    images

    प्रकाशित :श्रावण १२, २०७८ मंगलवार - १५:४९:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij