• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा एमाले र माओवादीका दुई दर्जन बढी प्रभावशाली नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

खोटाङमा एमाले र माओवादीका दुई दर्जन बढी प्रभावशाली नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

images

प्रभाव न्यूज

११ श्रावण २०७८
  • 56.4K
    SHARES
  • images
    खोटाङमा एमाले र माओवादीका दुई दर्जन बढी प्रभावशाली नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
    images
    images
    images

    साउन ११, खोटाङ -  नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका प्रवाभशाली नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका - ७ दोर्पाचिउरीडाँडाका उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

    २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका हरि प्रसाद चौलागाँई, माओवादीसँग गठबन्धन गरि वडा सदस्यका उमेद्वार जसपाका नेता कृष्ण थापा कांग्रेसमा प्रवेश गरेका छन्।

    यस्तै, एमालेका संगठित सदस्य दुर्गा खनाललगायत दुई दर्जन बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसका प्रचार विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए।

    images

    दुई तिहाँइ मत प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टीले देश चलाउन त परै जाओस् पार्टीसमेत चलाउन नसकेर जनताको मतको वेइजत गरि पार्टी चिरा चिरा बनाएको र उनीहरुबाट देशको विकास र नागरिकको जीवन रक्षाको सवालका काम कुनै हालतमा हुन नसक्ने भन्दै उनीहरु कांग्रेसमा प्रवेश गरेको हुन्।

    images

    नेकपा एमाले, माओवादी केन्द्र र जसपाभित्र आन्तरिक कलह र कुर्सी मोहले आफूहरु वाक्क भएको भन्दै कांग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन्।

    देशको पुरानो पार्टी लोकतन्त्र र जनताको दुखसुखमा साथ दिने पार्टी कांग्रेसमात्र भएको उनीहरुको भनाई छ।

    नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा वडा कार्य समितिले आयोजना गरेको आसन्न १४ औं महाधिवेशनलाई भव्य रुपमा सफल पार्ने कामनासहित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसकी पूर्व संसद तथा महासमिति सदस्य सरस्वती बजिमय, महासमिति सदस्यद्धय रविप्रकास राई, सहरमान राई, जिल्ला सदस्यहरु सुमन आचार्य, प्रकास श्रेष्ठ, दिनेश घिमिरे, कान्ता केसी, क्षेत्रीय सभापति तीर्थराज भट्टराई, आमन्त्रित जिल्ला सदस्यद्धय निशान राई ध्यान बहादुर राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर सभापति दुर्गा घिमिरे, दोर्पाचिउरीडाँडाका वडाध्यक्ष महन्त राई, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष संजयकुमार राई नेपाल विद्यार्थी संघका सहसचिव मोतीचन्द्र राई, किशन भुजेल, सुमन आचार्य, काठमाडौं खोटाङ सम्पर्क समितिका अध्यक्ष काँशी आचार्यलगायतकोे उपस्थिति रहेको थियो।

    कार्यक्रम नेविसंघका जिल्ला सदस्य प्रतिक आचार्यले संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व कांग्रेसका वडा सभापति समृत राईको सभापतित्वमा सम्पन्न भएको छ।

    images
    images

    प्रकाशित :श्रावण ११, २०७८ सोमवार - २०:४३:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij