आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पर्साबाट पक्राउ परेका छन्।
शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरका शुक्रबार राति १० बजे बालिकामाथि बलात्कारको प्रयास भएको हो। मिँया साथीको घरमा पाहुना गएका थिए ।
उनी साथीकी छोरीमाथि बलात्कारको प्रयास गर्ने क्रममा बालिका चिच्याएपछि भागेका थिए।
पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् ।
उनीहरु वीरगञ्जमा डेरा गरी बस्दै आएका थिए। मियाँलाई जर्बजस्ती करणीको उद्योगमा आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ।