• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अधिवेशनलाई लक्षीत गर्दै कांग्रेस खोटाङले गर्‍यो जिम्मेवारी बाँडफाँड

अधिवेशनलाई लक्षीत गर्दै कांग्रेस खोटाङले गर्‍यो जिम्मेवारी बाँडफाँड

images

प्रभाव न्यूज

२४ आषाढ २०७८
  • 18.7K
    SHARES
  • images
    अधिवेशनलाई लक्षीत गर्दै कांग्रेस खोटाङले गर्‍यो जिम्मेवारी बाँडफाँड
    images
    images
    images

    असार २४, खोटाङ- नेपाली कांग्रेस खोटाङले अधिवेशनलाई सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गरेको छ।

    images

    कांग्रेसले आसन्न सातौं जिल्ला अधिवेशन सफल बनाउन जिम्मेवारी बाँडफाँड गरेको हो। विपी स्मृति भवन दिक्तेलमा बिहीबार बसेको बैठकले अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउन प्रचार प्रसार समिति, आर्थिक व्यवस्थापन, आवास तथा स्वंयमसेवक परिचालनलगायतका क्षेत्रमा काम गर्न समिति बिस्तार गरेको हो।

    बैठकले अधिवेशनको लागि प्रचार प्रसार समितिमा कांग्रेस प्रचार विभाग प्रमुख सुमन आचार्यको नेतृत्वमा भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख रहने गरि पाँच सदस्यीय समितिको निर्माण गरेको छ।

    यस्तै, अधिवेशन समिति जिल्ला सभापति नरेश कुमार श्रेष्ठको संयोजकत्वमा, आर्थिक समिति उपसभापति धर्मराज पोख्रेलको संयोजकत्वमा, आवास व्यवस्थापन समिति जिल्ला सदस्य तथा अनुसाशन विभागका संयोजक प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा र स्वंयसेवक परिचालन समिति नेपाल तरुण दलका सभापति भिषण राईको संयोजकत्वमा तथा नेपाल विद्यार्थी संघका सभापति राजकुमार बस्नेतको उपसंयोजकत्वमा रहने गरि जिम्मेवारी बाँडफाँड गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले प्रभाव न्यूजलाई जानकारी दिए।

    images

    काँग्रेसको १४औं महाधिवेशन सन्निकट छ। यस्तै वडा, पालिका र जिल्ला अधिवेशन नजिकिएको छ। अधिवेशनमा उम्मेदवार बन्न चाहने आकाँक्षीहरू पनि धमाधम खुल्न थालेका छन्।

    images

    खोटाङमा जिल्ला सभापतिको जिम्मेवारी संहाल्न केही नेता दौडधुपमा रहेको देखिन्छ।

    अहिलेसम्म जिल्ला सभापतिकै भूमिकामा रहेका नरेश कुमार श्रेष्ठ पूनः सभापति दोहोर्‍याउने तयारीमा जुटेका छन्।

    यस्तै, पूर्व मन्त्री तथा नेता सर्वधन राई, पूर्व सभापति तथा महासमिति सदस्य सुवासकुमार पोख्रेलको पनि इच्चा रहेको एक स्रोतले बताएको छ।

    प्रदेश (क) का क्षेत्रीय सभापति इवन राईको पनि इच्छा रहेको बुझिएको छ। प्रदेश (ख) का क्षेत्रीय सभापति तीर्थराज भट्टराई जिल्ला सभापति बन्न लामो समयदेखी दौडधुपमा रहेको देखिन्छ।

    महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई पनि सभापतिमा लड्ने दाउमा रहेको स्रोतले बतायो।

    स्रोतले भन्यो, सुवासजी, सर्वधनजी, इवनजी र भुपेन्द्रजीले आधिकारीकरुपमा सभापति लड्छु भन्नुभएको छैन। हल्लामात्र आएको हो। पछि उहाँहरुले नै आधिकारीक घोषणा गर्नुहोला।’

    तथापि, जिल्ला सभापतिमा अझै आकाँक्षी थपिन सक्ने तथा अहिले सभापति बन्नको लागि कसरत गर्ने व्यक्ति सबै सभापतिका उम्मेद्धार नबन्न सक्छन्। परिस्थिति हेरेर नेताले के मा लड्दा उचित होला भनेर निर्णय गर्न भने बाँकी नै रहेकाले यसै भन्न नसकिने अवस्था छ।

    images
    images

    प्रकाशित :आषाढ २४, २०७८ बिहिवार - २१:२२:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij