• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ओली सरकार विरुद्ध नेविसंघ खोटाङले गर्‍यो संविधानको किताव प्रदर्शन

ओली सरकार विरुद्ध नेविसंघ खोटाङले गर्‍यो संविधानको किताव प्रदर्शन

images

प्रभाव न्यूज

२१ आषाढ २०७८
  • 24.3K
    SHARES
  • images
    ओली सरकार विरुद्ध नेविसंघ खोटाङले गर्‍यो संविधानको किताव प्रदर्शन
    images
    images
    images

    असार २१, खोटाङ -  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ खोटाङले संविधानको किताव प्रदर्शन गरेको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रको मुल्य, मान्यता र मर्म विपरीत, संविधानको भावना विरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको खिलापमा लागेको भन्दै नेविसंघले सांकेतिकरुपमा संविधानको किताव प्रदर्शन गरेर विरोध जनाएको हो।

    देश र जनताका पक्षमा अत्यन्तै संवेदनशील हुनुपर्नेमा पटक पटक संविधानमाथी हस्तक्षेप र लोकतन्त्रमाथी प्रहार गर्ने काम सरकारबाट भएको भन्दै नेविसंघले संविधानको किताव प्रदर्शन गरेको हो।

    जनताको संघर्ष र बलिदानीबाट आएको संघीयतामाथी ओली सरकारले गिद्धे नजर लगाएको र पटक पटक प्रतिनिधि सभा विघटन गर्नु लोकतन्त्रमाथीको कुठराघात भएको नेविसंघको ठहर छ।

    images

    सोमबार साँझ दिक्तेलस्थित त्रिवेणी चौकमा नेविसंघले संविधान पढेर काम गर्न भन्दै सरकारलाई चेतावनी स्वरुप संविधानको किताव प्रदर्शन गरेको हो।

    images

    नेविसंघकी उपाध्यक्ष तथा नेतृ गोमा राईको अगुवाईमा भएको प्रदर्शन कार्यक्रममा उनले ओली सरकारले संविधान नै नहेरी अनेकन कार्य गर्ने गरेकोले देशका निम्ती काम गर्दा कम्तीमा संविधानको पाना पल्टाएर अध्ययन गरेर मात्र गर्न अनुरोधस्वरुप यस्तो कार्यक्रम राखिएको बताएकी छिन्।

    कार्यक्रममा नेविसंघका सहसचिव किसन भुजेल, प्रमोद राई, नेतृ अनुस्का बस्नेत,लगायतमा नेता कार्यक्रताको सहभागित थियो।

    images
    images

    प्रकाशित :आषाढ २१, २०७८ सोमवार - २१:१५:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij