• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको निधन

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको निधन

images

प्रभाव न्यूज

२० आषाढ २०७८
  • 23.0K
    SHARES
  • images
    कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको निधन
    images
    images
    images

    असार २०, काठमाडौं -  कांग्रेसबाट निर्वाचित भएका सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ।

    images

    काठमाडौंमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन्।

    लामो समयदेखि क्षयरोगबाट पीडित ७० वर्षीय अध्यक्ष बर्माको स्वास्थ्यमा अत्यधिक समस्या देखिएपछि यही असार १४ गते मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो। तर उपचारका क्रममा शनिबार राति १२ बजे उनको निधन भएको हो।

    अध्यक्ष बर्माको शव घर ल्याउने तयारी भइरहेको र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष यादवले बताइन्।

    images

    बर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट रामनगर गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

    images

    images
    images

    प्रकाशित :आषाढ २०, २०७८ आइतवार - ०९:४५:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij