काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै देशमा राजनीतिक अस्थिरता छाएको छ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले देशको सबैभन्दा ठुलो पार्टी नेकपालाई फुटाएका छन्।
पार्टी फुटेसँगै नेकपामा एउटा ओली समूह र अर्को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह भएको छ।
शुक्रबार दाहाल–नेपाल समूहले प्रतिनिधि सभा पूर्नस्थापनाको माग गर्दै निकालेको शक्ति प्रदर्शनलाई ओलीले सामान्य भनेका छन्।
उनले शक्ति प्रदर्शन कस्तो हुन्छ माघ २३ गतेको जनसभा हेर्न चुनौति दिएका छन्।