• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


माओवादी नेता पाण्डेको हत्या ‘सुपारी’ दिएर श्रीमतीले नै गरेपछि..

माओवादी नेता पाण्डेको हत्या ‘सुपारी’ दिएर श्रीमतीले नै गरेपछि..

images

प्रभाव न्यूज

३१ जेठ २०७८
  • 29.3K
    SHARES
  • images
    माओवादी नेता पाण्डेको हत्या ‘सुपारी’ दिएर श्रीमतीले नै गरेपछि..
    images
    images
    images

    जेठ ३१, काठमाडौं - नेकपा माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ। श्रीमती महिमा भण्डारीले तीन वर्ष पहिलेदेखि नै हत्याको योजना बनाएको कपिलवस्तु प्रहरीले जनाएको छ।

    images

    हत्या अभियोगमा महिमालाई पक्राउ गरेर सोमबार प्रहरीले सार्वजनिक गरेको छ। श्रीमानको हत्याका लागि उनले एक लाख रुपैयाँ सुपारी समेत दिएको पत्तो लागेको छ। कपिलवस्तु नगरपालिका–६ स्थित तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा जेठ ५ गते राति ११ बजे उनीसहित दुई जनामाथि गोली प्रहार भएको थियो।

    कपिलवस्तु नगरपालिका–३ का ३४ वर्षीय पाण्डे माओवादी केन्द्रका स्थानीय नेता हुन्। उनीसँगै मोटरसाइकलमा सवार इयाज अख्तर मुसलमानमाथि पनि गोली प्रहार भएको थियो।

    लु १६ प ३४९७ नम्बरको मोटरसाइकलमा सवार तीन जनाले पेस्तोलबाट तीन राउण्ड गोली प्रहार गरेर फरार भएका थिए। पेटमा ३ गोली लागेका पाण्डेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। इयाजको अवस्था भने सामान्य थियो। तत्काल उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पठाइएको भएपनि पछि पाण्डेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

    images

    तर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जेठ १० गते उनको मृत्यु भएको थियो।

    images

    पाण्डेको हत्या अनैतिक यौन सम्बन्धका कारण भएको प्रहरीको दाबी छ। अपरेशन ‘माइक ह्वीस्की’ नाम दिएको उक्त अप्रेसन सफल भएपछि कपिलवस्तुका एसपी नवराज अधिकारीले भने ‘कपिलवस्तु नगरपालिका १ आनन्दबागका ३९ वर्षीय प्रकाश भनिने ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमाबीच पछिल्लो पाँच वर्षयता अनैतिक यौन सम्बन्ध रहेको खुलेको छ। यसबारे ३ वर्ष पहिला दीपकले थाहा पाएपछि श्रीमान श्रीमतीबीच झगडा सुरु भएको रहेछ।’

    श्रीमानसँग विवाद बढ्दै गएपछि महिमाले ओमप्रकाशलाई भेटेर श्रीमानको हत्या गर्ने बारे सल्लाह गरेकी थिइन्। हत्याको योजना बनाइसकेपछि उनीहरुले उपयुक्त समय कुरिरहेका थिए। पाण्डेविरुद्ध सुराक परिचालन गरेका उनीहरुको ३ पटकको प्रयास असफल भएको अनुसन्धानबाट खुलेको छ। पाण्डेको हत्याका लागि हतियार खरिद गर्न उनीहरुले नै पैसा दिएका थिए।

    लुकाउन, हत्याको समय गोली प्रहार गर्नेलाई र मोटरसाइकल चालकसम्मको तयारी उनीहरुले पहिल्यै बनेको थियो। प्रहरीका अनुसार ओमप्रकाशले रमजान साहु मुसलमानलाई १ लाख बुझाएका थिए। हतियार किनेर ल्याएपछि रजमान महिमासँग निरन्तर सम्पर्कमा थिए। त्यसदिन पनि महिमाले नै सूचना दिएपछि राति पाण्डेमाथि गोली प्रहार भएको थियो।

    पाण्डेको हत्यमा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। घटनाको भोलिपल्टै ओमप्रकाश र कपिलवस्तु नगरपालिका २ का ३३ वर्षीय साकिर अलि पाखिया पक्राउ परेका थिए।

    सुटर रमजान साहु मसुलमान, कपिलवस्तु नपरपालिका– १ आनन्दबाग कैलाशटोलका पूर्णबीर पाल्पाली, कपिलवस्तु–२ बर्दाहवाका सद्दाम हुनेस खान, कपिलवस्तु यशोधरा गाउँपालिका–४ पोखरभिट्टाका ज्ञानेन्द्रकुमार पाण्डे, यशोधरा–४ सेमरीका राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका–५ गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु–१ माझीटोलका नसरत अली र कपिलवस्तु–२ बरगदहवाका प्रवीण गुप्ता पक्राउ परेका छन्। हत्या पश्चात पाल्पालीकै घरमा साकिर अलि र पखिया सुतेका थिए।

    हत्यामा प्रयोग भएको पेस्तोल र २ राउण्ड गोली उनकै घरमा लुकाइएको थिए। सद्दाम हुनेस खान, ज्ञानेन्द्रकुमार पाण्डे, राधेश्याम चौधरी, श्रीराम साकिरको हतियार खरिदमा संलग्नता देखिएको छ।

    प्रवीण गुप्ताले नसरतबाट ३७ हजार लिएर हतियार खरिद गरेका थिए। नसरत २०६६ जेठ २२ गते डाँका मुद्दामा बुटवलमा र साकिर २०६४ वैशाख ५ गते हातहतियार मुद्दामा पक्राउ परेर २ वर्ष कारागार बसेर छुटेको व्यक्ति हुन्। उनीहरुबाट प्रहरीले स्वचालित पेस्तोल र जमिनमा गाडेको ६८ राउण्ड गोलि पनि बरामद गरेको छ।

    ओमप्रकाशले जमिनमा गाडेर राखेको पेस्तोल र त्यसको ६८ राउण्ड गोली बरामद भएको एसपी अधिकारीले बताए। उनीहरुमाथि प्रहरीले हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराधको कसुरमा अनुसन्धाान अगाडि बढाएको छ।

    यो पनि 

    माओवादी नेताको गोली हानी हत्यामा श्रीमतीकै संलग्नता, यस्तो छ रहस्य

    images
    images

    प्रकाशित :जेठ ३१, २०७८ सोमवार - २०:०४:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij