• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एक बेला कर्णसँगको सुमधुर प्रेममा थिइन द्रौपदी, तर, भइदियो यस्तो

एक बेला कर्णसँगको सुमधुर प्रेममा थिइन द्रौपदी, तर, भइदियो यस्तो

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 14.9K
    SHARES
  • images
    एक बेला कर्णसँगको सुमधुर प्रेममा थिइन द्रौपदी, तर, भइदियो यस्तो
    images
    images
    images

    महाभारतकी चर्चीत पात्र हुन् द्रौपदी । उनी महाभारतका विशेष पात्र पाँच पाण्डवकी साझा श्रीमती भएका कारण पनि धेरै चर्चामा आइन् ।

    images

    राजा द्रुपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए ।

    जन्मेको कयौँवर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् । पाँच पाण्डवसँग विवाहपछि द्रौपदी पाञ्चाली नामबाट चिनिएकी थिइन् ।

    द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा द्रुपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेन ।

    images

    पाञ्चाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौँ राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए । तर दानवीर कर्ण द्रौपदीको निडर स्वभाव देखेर निकै प्रभावित भएका थिए । द्रौपदी आफ्ना साथीहरुसँग घुम्न निस्कने गर्थिन् ।

    images

    र,द्रौपदीको सुन्दरताबाट मोहित भएका कर्णले द्रौपदीलाई मनदेखि नै मनपराउन थालिसकेका थिए । द्रौपदीलाई विवाहका लागि उनका पिता द्रुपदले राजकुमारहरुको तस्वीर देखाउने क्रममा कर्णको तस्वीर पनि सँगै देखाएका थिए । किनकी कर्ण दुर्योधनको साथी भएका कारण कर्णलाई सबैले राजकुमारकै मानसम्मान दिने गर्थे ।

    द्रौपदीले कर्णलाई देखेर मनपराउन थालेकी थिइन् । दरवारमा स्वयम्बरको लागि आएका पाण्डव, राजकुमारको भीडमा कर्णलाई द्रौपदीले खोज्दै थिइन् । द्रौपदीलाई उनको पिता द्रुपदले भीष्म पितामहसँग प्रतिशोध लिने प्रतिज्ञा पहिले नै भनिसकेका थिए । साथै द्रौपदीले पनि कर्ण सूतपुत्र भनेर थाहापाइसकेकी थिइन् ।

    यदि कर्णसँग उनको विवाह भएमा उनी जीवनभर दासकी पत्नी भएर बस्नुपर्ने थियो । कर्णसँग विवाह भएमा आफ्ना पिताको प्रतिज्ञा पनि पूरा हुने थिएन । यस दुविधामा परेर द्रौपदीले आफ्नो प्रेमलाई तिलाञ्जली दिने निर्णय गरेकी थिइन् । -ऐजन्सीको सहयोगमा

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १९:४३:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij