• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रामहरी खतिवडा, ओखलढुङगामा धमाधम नेकपाको जरोकिलो उखाल्दै, वरिष्ठ नेतृ सहित ५८ जना कांग्रेस भित्रिए

रामहरी खतिवडा, ओखलढुङगामा धमाधम नेकपाको जरोकिलो उखाल्दै, वरिष्ठ नेतृ सहित ५८ जना कांग्रेस भित्रिए

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 21.2K
    SHARES
  • images
    रामहरी खतिवडा, ओखलढुङगामा धमाधम नेकपाको जरोकिलो उखाल्दै, वरिष्ठ नेतृ सहित ५८ जना कांग्रेस भित्रिए
    images
    images
    images

    ओखलढुङगा-  नेपाली कांग्रेसका प्रवभाशाली नेता एवम् पूर्व सांसद रामहरि खतिवडा यति बेला आफ्नो गृह जिल्ला ओखलढुङगामा कांग्रेसको संगठन निर्माणमा लागेका छन् ।

    images

    उनी केही समयदेखी आफ्नो पार्टीको संगठन निर्माणमा तीब्ररुपमा लागेको पाइएको छ । नेकपाको लालकिल्ला मानिने उक्त जिल्लामा खतिवडा अहिले नेकपाको जरोकिलो उखाल्ने अभियानमा लागेका छन् ।

    उनले हालसम्म सयौंको संख्यामा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गराइसकेका छन् । आज पनि सुनकोशी गाउँपालिकामा नेकपाका लोकप्रिय नेतृ फागुकुमारी सुनुवारसहित ५८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेसले बिहीबार सुनकोशी गाउँपालिकाको वडा नं. ९ कटुञ्जेमा आयोजित कम्युनिस्ट सरकार विरोधी कार्यक्रममा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नेकपाका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

    images

    पार्टी सभापति प्रदीपकुमार सुनुवारले पनि नवप्रवेशीहरूलाई खादा लगाइएर स्वागत गरेका थिए । कांग्रेस प्रवेश गरेकी सुनुवार पूर्ववडा सदस्य पनि हुन् । तत्कालीन समयमा सुनुवार एमालेबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । नेकपाको संगठित सदस्यहरू सुवास केसी, ओम भुजेल, नवीन भुजेल लगायत ५८ जनालाई खतिवडाले पार्टीमा स्वागत गरेका हुन् ।

    images

    ओखलढुंगामा कम्युनिस्टहरू अलोकप्रिय बनिरहेका बेला नेकपाका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गरेका नवप्रवेशीहरूले कम्युनिस्टहरूमा बिचलन आएको भन्दै व्यक्तिगत स्वार्थका लागि जेपनि गर्ने कार्यले गर्दा देश बरबाद हुन लागेको बताएका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा ओखलढुंगा कांग्रेसका सभापति प्रदीपकुमार सुनुवार, उप–सभापति तेजेन्द्र खनाल, सचिव रुद्र अधिकारी, युवा नेता अशोक कार्की, कमल तमाङ, बालकृष्ण दाहाल र सर्वधन तामाङलगायतको उपस्थिति रहेको पूर्वसांसद खतिवडाको स्वकीय सचिव हुकुम राईले जानकारी दिएका छन्

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १७:२६:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij