उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझीले प्रचण्डले आह्वान गरेको मांसाहारी आन्दोलनलाई काशी जाने कुतीको बाटोको संज्ञा दिएका छन् ।
प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन् । नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहालले केहीदिन अघिको सभामा अब शाकाहारी आन्दोलनले काम नचल्ने भन्दै आक्रामक आन्दोलनमा उत्रन आफ्ना कार्यकर्तालाई दिएको निर्देशनमाथि रायमाझीले कटाक्ष गरेका हुन् ।
जनआन्दोलन र जनयुद्धको धङधङीमा रहेका प्रचण्डले फेरि पुरानै अवस्थामा रहेको सोचेर अब मांसाहारी आन्दोलन भनेको भन्दै रायमाझीले आफू बाँचुन्जेल अध्यक्ष बन्न जानेकाहरुले अरुको नेतृत्व स्वीकार्नै नचाहने बताए ।