• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओली र प्रचण्ड समूहबीच भिडन्त, प्रचण्ड समूहका आधा दर्जन यूवा पक्राउ

ओली र प्रचण्ड समूहबीच भिडन्त, प्रचण्ड समूहका आधा दर्जन यूवा पक्राउ

images

प्रभाव न्यूज

८ माघ २०७७
  • 45.1K
    SHARES
  • images
    ओली र प्रचण्ड समूहबीच भिडन्त, प्रचण्ड समूहका आधा दर्जन यूवा पक्राउ
    images
    images
    images

    सभा बिथोलेको आरोपमा (नेकपा) प्रचण्ड-माधव पक्षका आधा दर्जन बढी युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    सप्तरीको राजविराजमा ओली पक्षले गर्न लागेको कार्यक्रम बिथोलेको आरोपमा प्रचण्ड –माधव पक्षका ९ नेता कार्यकर्ता पक्राउ परेका हुन्।

    नेकपा ओली समूह निकट युवा सङ्घले आयोजना गरेको कार्यक्रममा प्रचण्ड–माधव समूह निकट युवाहरुसँग झडप भएको थियो । ओली समूह निकट युवा संघ सप्तरीले निकालेको र्याली प्रचण्ड माधव पक्षले विथोल्ने प्रयास गरेको आरोप लगाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार पक्राउ पर्नेमा प्रचण्ड(माधव पक्षका जिल्ला कमिटी सदस्य राजु जैसवाल ,छेदी रजक, विद्यार्थी नेता छोटेलाल यादव ,मुकेश यादव, प्रेमकुमार यादव, भुपेन्द्र यादव, विनोद यादव, बम झा लगायत रहेका छन् ।

    images

    उनीहरुलाई झडपका क्रममा पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका ओली समूहका नेता महेश बस्नेतबिरुद्ध चर्का नारावाजी गरेपछि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

    images

    सो क्रममा प्रहरीसँग झडप समेत भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

    images
    images

    प्रकाशित :माघ ८, २०७७ बिहिवार - १५:४६:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij