खोटाङका १० संक्रमितले कोभिड-१९ को संक्रमणलाई जितेका छन्। सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ संक्रमितले कोरोना संक्रमण जितेका छन्।
यस्तै, साकेला गाउँपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोरोना संक्रमण जित्न सफल भएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए। कतियले होमआइसोलेसनमा बसेर तथा कतिपयले संस्थागत आइसोलेसन सेन्टरमा बसेर संक्रमण जितेका हुन् ।
यसैबीच, खोटाङमा थप ८ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ। सोमबार गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना र रावाबेँसी गाउँपालिकाका २ जनालाई संक्रमण पूष्टि भएको हो। सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांक अनुसार १० जना संक्रमित निको हुँदा र एक जनाको मृत्यु हुँदा हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ जना, हलेसी तुवाचुङ नगरपालिकामा २८ जना, साकेला गाउँपालिकामा २१ जना, ऐसेलुखर्क गाउँपालिकामा १५ जना, खोटेहाङ गाउँपालिकामा ९ जना, रावाबेँसीमा ५ जना, जन्तेढुंगा गाउँपालिकामा ४ जना र केपिलासगढी गाउँपालिकामा २ जना सक्रिया संक्रमित छन्।
सक्रिय संक्रमितमध्ये ११७ जना होमआइसोलेसनमा र १८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । संक्रमितमध्ये ५ जनालाई अन्यत्र रेफर गरिएको लामीछानेले बताए।
जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।