• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


थप ९२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

थप ९२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु

images

प्रभाव न्यूज

३ जेठ २०७८
  • 7.5K
    SHARES
  • images
    थप ९२४७ जनामा कोरोना संक्रमण, २१४ जनाको मृत्यु
    images
    images
    images

    पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

    images

    यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ।

    यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।

    images

    यस्तै भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :जेठ ३, २०७८ सोमवार - १७:३४:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij