• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माथि दिउँसै कुटपिट

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माथि दिउँसै कुटपिट

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 9.8K
    SHARES
  • images
    नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माथि दिउँसै कुटपिट
    images
    images
    images

    विराटनगर  –नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विरेन्द्र बस्नेत माथि दिउँसै दमक बजारमा कुटपिट भएको छ ।

    images

    बस्नेतलाई दमकको गोरखा डिपार्टमेन्ट मा बोलाएर कुटपिट भएको हो ।

    प्रहरीका अनुसार बिहान अन्दाजी ४ जनाको समूहले ‘काम छ’ भनी बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाएका थिए।

    बस्नेत त्यहाँ पुग्नासाथ उक्त समूहले एक्कासि अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्दै उनीमाथि कुटपिट सुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    दमक नगरपालिका–१ हवल्दार चोक बस्ने ४३ वर्षिय बस्नेतलाई कुटपिट गरेको आरोपमा दमक–९ का ५५ वर्षिय शिव साह र कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राई पक्राउ परेका छन् ।

    images

    कुटपिटको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले साह र राईलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाटै नियन्त्रणमा लिएको हो। घटनामा संलग्न अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताएको छ।

    कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र गर्धनमा सामान्य चोट लागेको छ। उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - १८:०३:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij