• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


काँकडभिट्टाबाट दिक्तेलतर्फ आउँदै गरेको बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

काँकडभिट्टाबाट दिक्तेलतर्फ आउँदै गरेको बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत

images

प्रभाव न्यूज

२७ श्रावण २०८२
  • 8.2K
    SHARES
  • images
    काँकडभिट्टाबाट दिक्तेलतर्फ आउँदै गरेको बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत
    images
    images
    images

    इनरुवा– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बस र माइक्रोबस एकापसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

    images

    मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

    त्यसैगरी उक्त दुर्घटनामा अन्दाजी ४५-५० वर्षीया एक महिलाको पनि मृत्यु भएको तर उनको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए। काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकापसमा ठोक्किएका हुन् ।

    माइक्रोबसमा १८ जना सवार थिए । उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकाहरूको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

    images

    यसैगरी दुर्घटनामा घाइते अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    images
    images

    प्रकाशित :श्रावण २७, २०८२ सोमवार - १३:४१:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij