• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बजेटबारे बालेनले आइतबार निर्णय लिने

बजेटबारे बालेनले आइतबार निर्णय लिने

images

प्रभाव न्यूज

२० आषाढ २०८२
  • 6.7K
    SHARES
  • images
    बजेटबारे बालेनले आइतबार निर्णय लिने
    images
    images
    images

    काठमाडौँ – काठमाडौँ महानगरपालिकाको बजेट विषयमा महानगर प्रमुख बालेन्द्र शाह(बालेन) ले आइतबार निर्णयले लिने भएका छन् । स्रोतका अनुसार बालेनले आइतबार बजेटबारे निर्णय फाइनल गर्ने भएका हुन्  ।

    images

    ‘बजेट कहिले ल्याउने, कसले ल्याउने वा नल्याउने मेयरले आइतबार नै निर्णय गर्दै छन् । एउटा कुरा के हो भने करोडौं भ्रष्ट्राचारको शंका भएको कर्मचारीलाई नगर सभाको सदस्य सचिव दिने कुरामा चाहिँ उहाँ ‘कन्भिन्स’ हुनुहुँदैन भन्ने लाग्छ,’ स्रोत भन्छन् ।  

    ‘यत्रो विवाद हुँदा पनि एउटा सह–सचिव सरकारले फेर्न सक्दैन ? यसमा राजनीतिक दलका ठुला नेताहरूको इन्ट्रेस्ट नहोला र ?’  बालेन निकट एक भन्छन् ‘ महानगरको प्रमुख प्रशासकीय अधिकृतसँग जोडिएका भ्रष्ट्राचार सङ्घीय सरकारका ठुलै मान्छेको दबाब नभएको भए त सरुवा भइसक्नुपर्ने हो । उल्टै हाम्रै जनप्रतिनिधिहरूलाई समेत गुरगाँईको पक्षमा लाग्न दबाब होला नत्र उहाँहरू यसरी एकोहोरो लाग्दैन थिए ।’  आइतबार नै महानगरको आगामी गतिविधि तय हुने बालेन निकट स्रोतले जनाएको छ ।

     

    images
     

    images
    images

    प्रकाशित :आषाढ २०, २०८२ शुक्रवार - २०:५५:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij