• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मौसमविद् भन्छन्– बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुन्छ

मौसमविद् भन्छन्– बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुन्छ

images

प्रभाव न्यूज

२५ जेठ २०८२
  • 10.5K
    SHARES
  • images
    मौसमविद् भन्छन्– बुधबारदेखि अधिकांश स्थानमा वर्षा हुन्छ
    images
    images
    images

    काठमाडौं – आउँदो बुधबार (जेठ २८)देखि देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ । बिहीबार (जेठ २९)देखि ‘वर्षाले राम्रै गति लिने’ मौसमविद्ले बताएका छन् ।

    images

    त्यसअघि अर्थात् अबका तीन दिन भने गर्मी बढ्ने अनुमान छ । “नेपालमा अझै तीन दिनसम्म गर्मी बढ्ने र मंगलबारदेखि पूर्वी भेगमा वर्षा सुरु हुने देखिन्छ,” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले शनिबार (जेठ २४) दिउँसो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    असार १ गतेसम्म मनसुन देशभरि फैलिएर केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनले उल्लेख गरेका छन् । “बुधबारदेखि हल्का वर्षा अधिकांश ठाउँमा हुने र बिहीबारदेखि वर्षाले राम्रै गति लिँदै असार १ गतेसम्म मनसुन नेपालभरि पुगेर केही ठाउँमा भारी वर्षासम्म गराऊला ।”

    images
    images

    प्रकाशित :जेठ २५, २०८२ शनिवार - १६:४२:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij