• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


राजु पाण्डेमाथि छानबिन गर्न समिति गठन

राजु पाण्डेमाथि छानबिन गर्न समिति गठन

images

प्रभाव न्यूज

२२ जेठ २०८२
  • 4.6K
    SHARES
  • images
    राजु पाण्डेमाथि छानबिन गर्न समिति गठन
    images
    images
    images

    काठमाडौं –काठमाडौं महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न समिति गठन गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेका हुन् ।

    images

    “राजु पाण्डेमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो,” महानगरका एक उच्च अधिकारीले भने ।

    काफ्ले महानगरका सहायक प्रवक्ता पनि हुन् । उनले समितिबारे अनौपचारिक जानकारी पाए पनि अहिलेसम्म चिठी नपाएको बताए ।

    “समिति बन्यो भन्ने सुनेको छु । तर, म कहाँ चिठी आइपुगेको छैन । अन्य सदस्यको नामसहित चिठी आउला,” काफ्लेले भने ।

    images

    महानगर प्रहरी ऐन, २०८० को दफा ३९ को उपदफा ४ बमोजिम जाँचबुझ समिति गठन गरिएको प्रमुख प्रशासकीय अधिकृत निकट स्रोत बताउँछ ।

    images

    ०८१ चैत २१ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेपछि नगरप्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै उनलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।

    images
    images

    प्रकाशित :जेठ २२, २०८२ बुधवार - १२:२७:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij