• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 5.4K
    SHARES
  • images
    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
    images
    images
    images

    काठमाडौं- बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिएको छ ।

    images

    गत मंगलबारदेखि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो । न्यायाधीशद्वयको इजलासमा सुनुवाइ सकिएपछि अब आदेशको प्रतिपक्षा गरिएको छ।

    शुक्रबार रवि लामिछाने र गोर्खा मिडिया नेट्वकर्मा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरे ।
    वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमसहितले शुक्रबार बहस गरे ।

    उता रवि र छविका कानुन व्यवसायीको तर्फबाट जवाफी बहसमा पनि वरिष्ठ अधिवक्ताहरू सहभागी थिए । वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिशकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

    images

    रविलाई जेल पठाइएपछि निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थिइन् । उता, रविका साझेदार जोशीले उच्च अदालत दाङ, बुटवल इजलासको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई रविको रिटसँगै राखेर बहस भएको थियो ।

    images

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - १६:२८:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij