• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने

गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने

images

प्रभाव न्यूज

८ जेठ २०८२
  • 12.8K
    SHARES
  • images
    गभर्नर पौडेलको पहिलो निर्णय- पाँच सय र एक हजार दरका नयाँ नोट छाप्ने
    images
    images
    images

    काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन्  । 

    images

    बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थीत राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

    पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरूप मौद्रिक नीति तर्जुमा गर्ने बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । 

    पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे। 

    images

    पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे । सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

    images

    images
    images

    प्रकाशित :जेठ ८, २०८२ बुधवार - १३:२१:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij