• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

images

प्रभाव न्यूज

१ जेठ २०८२
  • 7.1K
    SHARES
  • images
    नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए
    images
    images
    images

    काठमाडौँ - काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

    images

    त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । उनले भने, ‘त्यहाँ कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको देखिन्छ ।’ 

    कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

    images
    images

    प्रकाशित :जेठ १, २०८२ बुधवार - २०:५८:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij