• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित

पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित

images

प्रभाव न्यूज

२९ बैशाख २०८२
  • 11.8K
    SHARES
  • images
    पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित
    विष्णु पन्थी (पहेँलो शर्टमा)
    images
    images
    images

    काठमाडौं - पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा देखिएका छन् ।

    images

    अन्य सांसद सरह उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आशनग्रहण गरेका छन् ।

    तर, प्रहरीको उनीतर्फ नजर गएको छैन । यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

    विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको थियो ।

    images

    मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन्। उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ ।

    images

    उनी लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री समेत हुन् ।

    images
    images

    प्रकाशित :बैशाख २९, २०८२ सोमवार - ११:३२:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij