• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अवैध आप्रवासी निष्कासन गर्न २० हजार कर्मचारी भर्ना गर्दै ट्रम्प

अवैध आप्रवासी निष्कासन गर्न २० हजार कर्मचारी भर्ना गर्दै ट्रम्प

images

प्रभाव न्यूज

२८ बैशाख २०८२
  • 4.4K
    SHARES
  • images
    अवैध आप्रवासी निष्कासन गर्न २० हजार कर्मचारी भर्ना गर्दै ट्रम्प
    images
    images
    images

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी निष्कासन गर्ने नीति कार्यान्वयन गर्न गृह सुरक्षा विभाग (होमल्यान्ड सेक्युरिटिज)मा कम्तीमा २० हजार नयाँ अधिकारी थप्न आदेश दिएका छन् ।

    images

    शुक्रबार जारी गरिएको यो निर्देशनमा अवैध आप्रवासीलाई स्वतः निष्कासन (सेल्फ–डिपोर्टेसन) गर्न प्रोत्साहित गर्ने योजना पनि समावेश छ ।

    एक भिडियो सन्देशमा ट्रम्पले उनीहरूलाई अमेरिका छाड्न सजिलो बनाइएको बताए । यससम्बन्धी कार्यकारी आदेशअनुसार स्वेच्छाले निस्कन चाहने अवैध आप्रवासीलाई अमेरिकाबाट हवाईजहाज यात्राका लागि केन्द्रीय सरकारले खर्च व्यहोर्नेछ र घर फर्कने भत्ता पनि प्रदान गरिनेछ । तर, गृह सुरक्षा विभागमा कर्मचारी संख्या बढाउने खर्च कहाँबाट व्यवस्था गर्ने भन्ने स्पष्ट गरिएको छैन।

    अवैध आप्रवासन समाधान गर्ने संस्था इमिग्रेसन र कस्टम्स एन्फोर्समेन्ट (आईसीई)मा हाल २१ हजारभन्दा बढी कर्मचारी छन् ।

    images

    आईसीईको वेबसाइटअनुसार यसका ६ हजार १०० डिपोर्टेसन अधिकारी र ७५०भन्दा बढी डिपोर्टेसन सहयोगी छन् ।

    images

    ट्रम्पले लामो समयदेखि निष्कासनका लागि सीमा सुरक्षामा स्थानीय वा राज्य कानुन लागु गर्ने निकाय र राष्ट्रिय गार्डलाई सहयोग गर्न आह्वान गर्दै आएका छन् । यस आदेशमा गृह सुरक्षा विभागलाई स्थानीय तथा राज्य कानुन अधिकारीहरूलाई भइरहेका काम अघि बढाउन भनिएको छ ।

    ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई अमेरिकाबाट निकाल्न धेरै तरिका अघि बढाउँदै गर्दा कर्मचारी बढाउने विषय अगाडि आएको हो ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८२ आइतवार - ०८:४५:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij