• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु

शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु

images

प्रभाव न्यूज

८ बैशाख २०८२
  • 9.8K
    SHARES
  • images
    शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा मृत्यु
    images
    images
    images

    काठमाडौं– काठमाडौं केन्द्रित शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौंदेखि मनाङ फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु भएको छ ।

    images

    काठमाडौँमा भएको शिक्षक कर्मचारी आन्दोलन सकेर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–१ नेपालटारमा स्कुटर र माइक्रो बस एक आपसमा ठोक्किँदा प्रधानाध्यापक मन घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए। घले जनविकास आधारभूत विद्यालय, नासोङका प्रधानाध्यापक थिए ।

    डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किएको हो। स्कुटरमा रहेकी लमजुङको बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।

    माइक्रोबसमा रहेका मनाङको नासोङ गाउँपालिका–८ का ४० वर्षीय प्रधानाध्यापक घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारमा मृत्यु भएको हो ।

    images

    काठमाडौबाट बेसीशहरतर्फ गुडिरहेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किएका थिए ।

    images

    दुर्घटनामा माइक्रोमा सवार बेसीशहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :बैशाख ८, २०८२ सोमवार - १४:११:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij