• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी मृत भेटिए

खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी मृत भेटिए

images

प्रभाव न्यूज

८ बैशाख २०८२
  • 7.1K
    SHARES
  • images
    खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी रेग्मी मृत भेटिए
    images
    images
    images

    खोटाङ– रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् ।

    images

    सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।

    रेग्मी गोरेटो बाटोबाट करिब ८-९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन्।

    मृतक रेग्मी गएराति दाजुको घरबाट करिब ८.३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन्।

    images

    रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ।

    images

    images
    images

    प्रकाशित :बैशाख ८, २०८२ सोमवार - १४:०६:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij