खोटाङ- चट्याङ लागेर एकजना पुरुषको ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा नास्तुमका ५५ वर्षीय गंगा प्रसाद ढकालको ज्यान गएको हो।
बिहीबार दिउँसो अन्दाजी २ बजे घर नजिकै बिजुलीको पोल छेउमा रहेको अवस्थामा चट्याङ पर्दा ढकालको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घट्नास्थल सुरक्षित राखेर थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घट्नास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।