• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


संघीयतामा गएपछि जनताको जीवनस्तरमा सुधार आयो : उपप्रधानमन्त्री सिंह

संघीयतामा गएपछि जनताको जीवनस्तरमा सुधार आयो : उपप्रधानमन्त्री सिंह

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 10.4K
    SHARES
  • images
    संघीयतामा गएपछि जनताको जीवनस्तरमा सुधार आयो : उपप्रधानमन्त्री सिंह
    images
    images
    images

    विराटनगर - कोसी पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ। एक औपचारिक कार्यक्रमबीच बुधबार नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको उद्घाटन गरे ।

    images

    गुराँसका लागि चर्चित तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे मिल्केमा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंहले कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा पुर्‍याउने बताए ।

    “पर्यटनको माध्यमबाट कोसी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम गरेको छ,” उनले भने, “पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक ल्याउन सकिन्छ ।

    यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्छ।” यसअघि पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने तयारी थियो । तर, प्रधानमन्त्री अर्कै कार्यक्रममा व्यस्त भएपछि उप–प्रधानमन्त्री सिंह उक्त कार्यक्रममा सहभागी भएका हुन् ।

    images

    उनले मुलुक संघीयतामा गएको र यसबाट आमरूपमा जीवनस्तरमा सुधार आएको दाबी गर्दै ०४६ सालयताका विकासका तथ्यांकले देशको प्रगति भएको देखिएको सुनाए ।

    images

    “विकास नै नभएको भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न भएको छ, विकास निर्माण र त्यसबाट भएको प्रभावलाई पनि हेर्नुपर्दछ,” उनले भने । कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको सुनाए ।

    “महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटनमार्फत राष्ट्रिय पुँजी निर्माणमा हाम्रो जोड छ,” उनले भने, “स्थानीय तहको सहकार्यमा पर्यटनको विकास गर्दै कोसी प्रदेशलाई नमुना प्रदेशको रुपमा बनाउने हाम्रो लक्ष्य छ ।”

    मुख्यमन्त्री कार्कीले पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा काम गर्न सकिने चर्चा गरे । प्रदेश पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले वर्षभरि पर्यटनसँग सम्बन्धित गतिविधि गर्न तयारी गरिएको बताए।

    प्रदेश सरकारले ‘०८२ का लागि ८२ गन्तव्य’ सूची बनाएर पर्यटन वर्षको तयारी गरिएको जनाएको छ । डिलाइटफुल (रमणीय) कोसी नारा दिएर सुरु गरिएको पर्यटन वर्षभर १० लाख पर्यटक कोसी ल्याउने सरकारको तयारी छ । भ्रमण वर्ष मनाउन सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    संघीय सरकारले घोषणा गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये कोसीमा मात्र ३० वटा छन् ।

    सरकारले हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट र नेपाली राष्ट्रिय झण्डाको कभरमा कोसी टप्पुमा मात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोसी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतीकहरू प्रयोग गरी लोगो निर्माण गरेको छ ।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - २२:४४:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij