• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्राधिकरणले दक्ष नेतृत्व पाएको छ, अब जनताको घरमा लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री

प्राधिकरणले दक्ष नेतृत्व पाएको छ, अब जनताको घरमा लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 6.3K
    SHARES
  • images
    प्राधिकरणले दक्ष नेतृत्व पाएको छ, अब जनताको घरमा लोडसेडिङ हुँदैन : ऊर्जामन्त्री
    images
    images
    images

    काठमाडौं - ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका छन्।

    images

    सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारेका हुन्।

    उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाउँ रहेको धारणा राखे।

    अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे।

    images

    मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे। यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए।

    images

    मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रसारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै धन्यवाद समेत दिए।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - १५:५२:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij