• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश

बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश

images

प्रभाव न्यूज

१९ फाल्गुण २०८१
  • 5.6K
    SHARES
  • images
    बेचन झाविरुद्धको मुद्दामा मिसिल झिकाउने आदेश
    images
    images
    images

    काठमाडौँ – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेश दिएको हो ।

    images

    गएको असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । 

    उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो । गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।

    images
    images

    प्रकाशित :फाल्गुण १९, २०८१ सोमवार - १७:३३:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij