• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङको बराहपोखरीमा घटेको डरलाग्दो घटना - घाँस काट्न गएका युवकले भाउजूको हत्यापछि आफैले गरे आत्महत्या!

खोटाङको बराहपोखरीमा घटेको डरलाग्दो घटना - घाँस काट्न गएका युवकले भाउजूको हत्यापछि आफैले गरे आत्महत्या!

images

प्रभाव न्यूज

१८ फाल्गुण २०८१
  • 19.0K
    SHARES
  • images
    खोटाङको बराहपोखरीमा घटेको डरलाग्दो घटना - घाँस काट्न गएका युवकले भाउजूको हत्यापछि आफैले गरे आत्महत्या!
    images
    images
    images

    खोटाङको बराहपोखरी गाउँपालिका- १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। 

    images

    घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए। 

    डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए।  सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

    शिखर र सरिता देवर–भाउजू नाता पर्ने वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए। उनीहरू सँगै घाँस काट्न गएका थिए।  भोलिपल्ट भेटियो शव  गएको फागुन १३ गते गाउँमा दुईवटा कार्यक्रम थिए।

    images

    कार्की टोलमा लघु पुराण थियो। नजिकै मगर गाउँमा विवाह थियो। सरिताका परिवारका पनि कोही लघुमा कोही विवाहमा गएका थिए। एक महिना पहिले मात्रै वैदेशिक रोजगारीबाट छुट्टीमा फर्किएका उनका श्रीमान् पनि लघुमा गएका थिए।  घरमा सरिता मात्रै थिइन्। नजिकै ५०/६० मिटरको दूरीमा अर्को एउटा घर छ शिखर बस्नेतको। उनको घरका मान्छे पनि गाउँका यिनै कार्यक्रममा गएका थिए। 

    images

    दिउँसो २ बजेतिर सरिता र शिखर घाँस काट्न दारेगौँडा जंगलतिर लागे। शिखरले खुकुरी र नाम्लो बोके। सरिताले हँसिया र नाम्लो बोकिन्।  घरका अरु सदस्य साँझ मात्रै फर्किए। बेलुकासम्म पनि सरिता घर नफर्किएपछि खोजी सुरु भयो। सुरुमा सरिताकी सासूले घाँस काट्न गएकी बुहारी घर नआएको बताइन्। पछि पल्लो घरका शिखर पनि घाँस गएको र नआएको थाहा भयो। 

    दुवै जना नभएपछि गाउँलेहरूले रातिसम्ममा फर्केलान् भन्ने आश गरे। तर भोलिपल्ट बिहान ३ बजेसम्म नफर्केपछि खोजी सुरु भयो। एकपटक आफै खोजी गर्ने र त्यसपछि फेला नपरे प्रहरी कार्यालयमा निवेदन दिने सल्लाह गाउँलेको थियो।  तर बिहान ६ बजेतिर घरभन्दा तलको जंगलमा सरिताको शव फेला पर्‍यो। त्यसपछि सबै गाउँलेहरू त्यहीँ जम्मा भए, होहल्ला भयो। सरिताको धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिन्थ्यो। उनको घाँटीमा गहिरो चोट थियो।

    टाउकोमा ५ ठाउँमा र नाडीमा पनि दुई ठाउँमा खुकुरीले हानेको डोब थियो। त्यसपछि उनीहरू शिखरले नै भाउजूको हत्या गरेर भागेको ठहरमा पुगे। तर, गाउँलेसँगै गएका कुकुर सरिताको शव भेटिएको स्थानभन्दा अलि तल्तिर गएर कुकुर बेस्सरी भुक्न थाले। कुकुर लगातार भुकिरहेको देखेपछि गाउँलेहरूले पनि गएर हेरे। 

    नजिकै एउटा रुखमा शिखर पनि झुण्डिएको अवस्थामा फेला परे। उनीहरूले घाँस काट्न भनी लगेका नाम्ला डोरी र कचिया खुकुरी पनि त्यहीँ नजिकै थिए। खुकुरी दापमै थियो। तर रगत लागेको अवस्थामा थियो।  शिखरको देब्रे हातमा पनि रगत लागेको थियो।

    एउटा चप्पल भुइँमा र एउटा उनकै खुट्टामा थियो। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेर घटनास्थल सुरक्षित गर्दै मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान गरेको थियो।

    images
    images

    प्रकाशित :फाल्गुण १८, २०८१ आइतवार - २३:१३:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij