• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे

एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे

images

प्रभाव न्यूज

१८ फाल्गुण २०८१
  • 8.7K
    SHARES
  • images
    एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे
    images
    images
    images

    काठमाडौं – नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

    images

    विभागको सचिव रहेका गगन विष्ट सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो ।

    पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् । उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    आइतबार बसेको सचिवालय बैठकमा रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने कार्यसूची थियो ।

    images

    तर, धेरै सदस्यहरूको नाम सिफारिस भएकाले आज त्यसबारे कुनै निर्णय नभएको एक पदाधिकारीले बताए ।

    images

    तर, दुई वटा विभागका सचिव भने मनोनयन गरिएको छ ।

    पार्टीको स्थानीय विभागको सचिवमा नवराज गेलाल मनोनित भएका छन् ।

    images
    images

    प्रकाशित :फाल्गुण १८, २०८१ आइतवार - १८:४८:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij