• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा पुरुष र महिला जंगलमा मृत भेटिए, प्रेम सम्बन्ध रहेको आशंका 

खोटाङमा पुरुष र महिला जंगलमा मृत भेटिए, प्रेम सम्बन्ध रहेको आशंका 

images

प्रभाव न्यूज

१४ फाल्गुण २०८१
  • 11.7K
    SHARES
  • images
    खोटाङमा पुरुष र महिला जंगलमा मृत भेटिए, प्रेम सम्बन्ध रहेको आशंका 
    सांकेतिक तस्विर
    images
    images
    images


    खोटाङ– खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर– १ बराहपोखरीको डाँडाखर्कका एक पुरुष र एक महिला मृत फेला फेला परेका छन् । बुधबार बिहान गाउँ नजिकै रहेको दारेगौडाँ जंगलमा २३ वर्षीय सरिता विष्ट र २० वर्षीय शिखर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।

    images

    सरिताको घाँटीमा धारिलो हतियार प्रहार भएको जस्तो ठुलो चोट देखिएको र उनको शवभन्दा करिव २५ मिटरको फरकमा शिखर झुण्डिएको अवस्थामा मृत फेला परेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए । 

    सरिता बिबाहित महिला हुन भने शेखर अविबाहित रहेको र उनीहरुबीच प्रेम सम्बन्ध हुनसक्ने र कुरा नमिलेपछि घटना भएको आशंका गरिएको छ । 
    प्रहरी चौकी बराहपोखरीको टोलीले घटना स्थल भएको जंगललाई सुरक्षित गरिसकेको र आफू घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिए । 

    शिखरले सरिताको हत्या गरेर आफूले आत्माहत्या गरेको हुन सक्ने आशंका गरिएपनि घटनाको बिस्तृत विवरण भने खुल्न बाँकी छ । 

    images

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०८१ बुधवार - १३:०६:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij