• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


स्कुल बस दुर्घटनामा मृत्यु भएका दुई विद्यार्थीसहित तीन जनाको खुल्यो पहिचान

स्कुल बस दुर्घटनामा मृत्यु भएका दुई विद्यार्थीसहित तीन जनाको खुल्यो पहिचान

images

प्रभाव न्यूज

३० माघ २०८१
  • 4.8K
    SHARES
  • images
    स्कुल बस दुर्घटनामा मृत्यु भएका दुई विद्यार्थीसहित तीन जनाको खुल्यो पहिचान
    images
    images
    images

    काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किँदै गरेको स्कुल बस दुर्घटना परी मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

    images

    मोरङ उर्लाबारी नगरपालिका-७ का ११ वर्षीय क्रिसल पुरी, सिन्धुपाल्चोकका-१४ वर्षीया शुशा‌ङ्का डोटेल र सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ का २४ वर्षीय सुरेश तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार सुरेश स्कुलका शिक्षक थिए।

    बुधबार शंकरापुर नगरपालिका(५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो। 

    चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो। बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्।

    images

    images
    images

    प्रकाशित :माघ ३०, २०८१ बुधवार - २१:५१:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij